प्रवासमा पनि रितिदै नयाँ शक्ति । - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रवासमा पनि रितिदै नयाँ शक्ति ।



बाबुराम भट्टराईको पछिल्लो नीति प्रति असंतुस्ट जनाउदै दर्जनौ केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग

हिमाल पोस्ट /भदौ ७ 

हालमात्रै विभिन्न देशबाट दर्जनभन्दा बढी केन्द्रीय सदस्यहरूले नयाँ शक्ति छाडेका छन् । मुद्दा भन्दा बाहिर गएर सीमित ब्याक्तीको सिन्डीकेटमा पार्टी चलेको परिबर्तनकारी सबै पक्षसँग ध्रुबिकरण गरी राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने सुझावलाई ग्रहण नगरी मनपरि तन्त्र गरेको फरक विचारलाई निरङ्कुश हर्कत देखाइ पार्टीबाट निस्कासित गरेको,इन्द्रधनुष राष्ट्रिय राज्य भनेपनी मधेसबादी र आदिवासी जनजाति, मुस्लिम प्रति नकारात्मक रहेको र रबिन्द्र मिस्रको बिबेकसिल साझा जस्ता पार्टीसँग नजिक हुन खोजेको प्रति असंतुस्टी जनाउदै उहाहरूले पार्टी परित्याग गरेको जनाएको छ । नयाँ शक्ति नेपाल पार्टी अग्रगामी नभई प्रतिगामी र भित्री रूपमा नक्सालबादी ( जातिवादी ) भएको उनी हरुको दाबी गरेका छन् ।

पार्टी परित्याग गर्नेमा नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय परिसद  सदस्य तथा प्रवास प्रादेशिक आदिवासी जनजाति विभाग संयोजक कमानसिङ कर्मा पहाडी शेर्पा बेलाएत,
१) प्रेम लामा ( हङकङ अध्यक्ष ) केन्द्रीय सदस्य
२) बि बि लामा ( पूर्व अधक्ष इजरायल) केन्द्रीय सदस्य ।
३) प्रमेश तमु ( बहराइन महासचिव ) केन्द्रीय सदस्य ।
४) फारब रुम्बा तामाङ ( कतार उपाध्यक्ष ) केन्द्रीय सदस्य ।
५) रमिला राई ( पूर्व साइप्रस अध्यक्ष ) केन्द्रीय सदस्य तथा प्रवास प्रादेशिक महिला संयोजक ।
६) बि बि खराल ( कतार पूर्व अध्यक्ष ) केन्द्रीय सदस्य ।
७ ) भीम मालती विश्वकर्मा ( भारत केन्द्रीय सदस्य )
८) पदम राना भाट ( भारत केन्द्रीय सदस्य )
९) पिर महम्मद मिया ( कतार केन्द्रीय सदस्य )
१०) इन्जिनियर ) ऐयुब हक । नेपाल केन्द्रीय सल्हाकार ।
११) इन्जिनियर ) हारिश भण्डारी । नेपाल केन्द्रीय सल्हाकार ।

लगयतका व्यक्तिहरू छन् । उहाहरूको संयोजकत्वमा प्राय सबै जसो सक्रिय सदस्यले पनि पार्टी परित्याग गरेका छन् । प्रवासका प्रमुखहरू यसरी पार्टी परित्याग गरेसँगै अन्तर्राष्ट्रिय नेपाली समाजले परिचित नंया शक्ति पार्टीका भात्री सङ्गठनहरूबाट कम्तीमा ६०० भन्दा बढी कार्यकर्ताहरू पनि नयाँ शक्तिबाट बाहिरिएका छन् । कतिपय देशका अन्तर्राष्ट्रिय नेपाली समाज नयाँ शक्ति पार्टीको सङ्गठन नै भाङ्ग भएका छन् ।

नयाँ शक्ति पार्टी ध्रुवीकरण पक्ष, क्रान्तिकारी शक्तिहरू विभाजित हुँदा प्रतिक्रियावादी शक्तिले फाइदा लिएकाले परिवर्तन चाहने सबै शक्तिहरूको एकता आवश्यक रहेको महसुस गरी आफूहरू पार्टी परित्याग गर्रेको नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय परिषद् सदस्य तथा प्रवास प्रादेशिक आदिवासी जनजाति विभाग संयोजक कमानसिङ कर्मा पहाडी शेर्पाले बताए ।

‘आफूहरूले क्रान्तिकारी, परिवर्तनकारी पार्टीको परिकल्पना गरेको तर नयाँ शक्ति बिल्कुल तेस्तो नदेखिएको’ उहा बताउछन ।