प्रवासी नेपाली मन्चले गर्यो विश्व साईकल यात्रीलाई सम्मान  - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

प्रवासी नेपाली मन्चले गर्यो विश्व साईकल यात्रीलाई सम्मान 



ओम प्रकाश बानियाँ/दोहा, कतार
विश्व साईकल यात्री दिपक खत्रीलाई एमाले निकट प्रवासी नेपाली मन्च कतारले नगद तथा खादा ओडाएर सम्मान गरेको छ ।

दोहामा अवस्थित तरबार गेटमा सस्थाका अध्यक्ष, सचिव र अन्य प्रवासी मन्चका शुभ चिन्तकले गएर खत्रीलाई सम्मान गरेका हुन् । यस्तो महान् काम गरी नेपाल र नेपालीलाई चिनाउने खत्रीलाई जति सम्मान गरेपनि कम हुने भन्दै सस्थाका अध्यक्ष चानक पोख्ररेलले साईकल यात्रीको प्रशंसा गर्नुभयो ।

दोहा बसाईमा कुनै समस्य आए प्रवासीको कुनै पनि सदस्यलाई फोन गर्नु हुन् आग्रह समेत गर्नु भयो । पोखरेलले फेरि आफ्नो कुरा जोड्दै भने यति महान् काममा  हिड्नु भएकोमा शुभकामना एबम सफलता मिलोस हाम्रो सधैं भर साथ रहनेछ ।आफुलाई प्रवासी नेपाली मन्चले सहयोग र सम्मान  गरेकोमा भित्री हृदय देखि नै आभार प्रकट गर्दै प्रवासीको यो सहयोग जीवन भर याद रहने विश्व साईकल यात्री खत्रीले बताए ।

प्रवासी नेपाली मन्चले यो संग संगै भुकम्प, बाढीपीडित, आपत विपतमा परेका नेपाली लगायतलाई सहयोग गर्दै आएको कुरा प्रवासी नेपाली मन्चका  पुर्व अध्यक्ष दिल किरण खुजुमले हिमाल पोस्टलाई बताउनु भयो ।