प्रवासी मंच बहराइनले धरहरा पुन: निर्माण सहयोगार्थ साँस्कृतिक कार्यक्रम गर्दै - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रवासी मंच बहराइनले धरहरा पुन: निर्माण सहयोगार्थ साँस्कृतिक कार्यक्रम गर्दै



१८ जेठ

 

२०७२ साल बैशाख १२ र २९ गते नेपाल मा गएको महा बिनाश कारी भुकम्प बाट ढलेको धरहरा  पुन:निर्माण को निमित्त सहयोग गर्ने उदेश्य का साथ प्रवासी नेपाली मञ्च बहराइन ले “साँस्कृतिक साझ – २०१७” को आयोजना गर्ने भएको छ। मुश्लिम धर्मावलम्बी हरुको महान चाड “इद अल फितर” को अवसरमा उक्त कार्यक्रम हुन लागेको हो। इद को अवसरमा मुश्लिम देश हरुमा कम्तीमा ३ दिन सम्म बिदा हुने गर्छ सोही बिदालाई सदुपयोग गर्दै बहराइन बासी नेपालीहरु माझ नेपाल का ख्यातिप्राप्त कलाकारहरुको  बिशेष उपस्थितिमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो। 

नेपाल को दोस्रो ठूलो राजनितीक पार्टी नेकपा एमाले प्रती आस्थावान बहराइन बासी नेपाली हरुको बैचारिक सङ्गठन प्रवासी नेपाली मञ्च बहराइन ले गर्न लागेको उक्त कार्यक्रम नितान्त धरहरा पुनः निर्माण गर्नको निमित्त सहयोगार्थ रहेको आयोजक ले एक अन्तरक्रिया कार्यक्रम  गरि जानकारी दिएको छ। उक्त कार्यक्रम मा नेपाल का ख्यातिप्राप्त कलाकार हरु पप स्टार गायक धिरज राई  ( लुकि लुकि आँखा तिमि, तिमी रुदा एक्लै हुदा , बुद्ध वाज वोर्न इन नेपाल जस्ता सयौं गीत गाएर चर्चा बटुलेका गायक हुन राई ), गायक कृष्ण काफ्ले ( गत बर्ष को सर्वाधिक कमाइ गर्न सफल चलचित्र छक्का पन्जा को “देखन चम्पा सुनन चम्पा” बोलको गीत गाएर एकाएक चर्चित भएका गायक हुन काफ्ले उनले सयौं आधुनिक गीत हरु पनि गाएका छन)  त्यस्तै गरेर लोक गायिका भुमिका गिरि (लाइभ दोहोरी मा निकै नै पोख्त मानिन्छिन उनी साथै उनले नेपाल का चर्चित गायक हरु सग अनगिन्ती लोक गीत हरु गाएकी छिन) उनि हरु सबैजना  अतिथि कलाकार को रुपमा उपस्थित हुनेछन। साथै बहराइन लाई कर्मथलो बनाइ बसेका कलाकार हरुले पनि बेजोड प्रस्तुती दिने कुरा आयोजक ले जानकारी दिएको छ।

देश बनाउछौ भनेर सिहदरबार छिरेका नेताहरु कुर्सी को लागि एक आपसमा लडिरहेका बेला जिर्ण अवस्था मा रहेको नेपाल र नेपाली को सान धरहरा (भिमसेन स्तम्भ) को पुनः निर्माण मा सहयोग गर्ने उदेश्य ले हुन लागेको उक्त कार्यक्रम मा सम्पुर्ण बहराइन बासी नेपाली दाजुभाइ तथा दिदिबहिनी हरु लाई बिशेष उपस्थिति जनाएर सकेको सहयोग गरिदिनुहुन पनि आयोजक ले अनुरोध गरेको छ।

 
स्थान :- डेल्मोन इन्टरनेशनल होटल, मानामा 
मिति :- २५ जून २०१७ , आइतबार (इदको पहिलो दिन)
समय :- साझ ६ बजेदेखी