आलेले चाले नयाँ 'एक्सन' : बतास र योगेश अप्ठेरोमा - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

आलेले चाले नयाँ ‘एक्सन’ : बतास र योगेश अप्ठेरोमा



नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका पर्यटन मन्त्री प्रेम आलेले नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई दिइएको अनुमतिका विषयमा छानबिन समिति गठन गरेका छन् ।

उनले बिहीवार पर्यटन मन्त्रालयका सहसचिव होमप्रसाद लुईटेलको संयोजकत्वमा छानविन समिति गठन गरेका हुन् ।

समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणी गौतम र कानूनका उपसचिव पुरुषोत्तम खतिवडा सदस्य रहेको स्रोतले बताएको छ ।

आलेले उक्त समितिलाई तीन दिनभित्र छानबिन प्रतिवेदन पेश गर्न निर्देशनसमेत दिएका छन् । आलेको यो निर्देशनले बतास समूह र तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई अप्ठेरोमा परेका छन् ।

नारायणहिटी दरबारभित्र क्याफेसम्म संचालन हुन सक्ने भन्दै तत्कालीन पर्यटनमन्त्री भट्टराईले संसदीय समितिमा अभिव्यक्ति दिएका थिए । भट्टराईले अस्वीकार गरेपनि नारायणहिटीभित्र क्याफे लगायतका अन्य व्यवसाय संचालन हुनुमा भट्टराईको समेत हात रहेको खुलासा भइसकेको छ ।