प्रेम आलेको ह्याट्रिक, एमाले नेतालाई भारी मतले हराए - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रेम आलेको ह्याट्रिक, एमाले नेतालाई भारी मतले हराए



नेकपा (एकीकृत समाजवादी)का प्रेमबहादुर आले संघीय संसदमा लगातार तेस्रो जित हासिल गरेका छन् ।

आले प्रतिनिधिसभाको मंसिर ४ मा भएको निर्वाचनमा निर्वाचित भएका छन् । आले डोटीबाट ४ हजार २ सय ६ मतको अन्तरले निर्वाचित भएका हुन् ।

बिहीबार बिहान सकिएको मतगणनामा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य आले २७ हजार २ सय १० मत ल्याएर निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

डोटीका मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेयका अनुसार आलेले २७ हजार २ सय १० मत प्राप्त गर्दा एमाले उम्मेदवार गौरीकुमारी वलीले २३ हजार ४ मत प्राप्त गरेकी छन् ।

यो निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार तेस्रो स्थानमा रहेका थिए । नरेन्द्रबहादुर खड्काले ६ हजार ६ सय ८९ मत प्राप्त गरेका थिए । राप्रपाका अंकबहादुर खड्काले ८ सय २ मत प्राप्त गरेका थिए ।

डोटीबाट सुदूरपश्चिम प्रदेशसभामा एमाले र माओवादीका उम्मेदवार निर्वाचित भएका छन् । डोटी प्रदेश १ मा एमालेका चक्रबहादुर मल्ल र डोटी प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका शिवसिं ओली निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वमन्त्री आले सांसदमा लगातार तेस्रोपटक निर्वाचित भएका हुन् ।

संविधानसभा निर्वाचन २०७० मा डोटी संविधानसभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएर संसदीय यात्रा सुरु गरेका आलेले २०७४ को प्रतिनिधिसभामा डोटीबाटै निर्वाचित भएका थिए ।