प्रेम भाव समेटिएको लोक दोहोरी गीत “ पराईको दिल भित्र” बजारमा( भिडियो सहित) - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

प्रेम भाव समेटिएको लोक दोहोरी गीत “ पराईको दिल भित्र” बजारमा( भिडियो सहित)



समीर प्रकाश पाण्डे/चैत्र ३१ 

दिन प्रति दिन लोक दोहोरी गीत बजारमा आउने क्रममा केही दिन अगाडि मात्र निकै मार्मिक प्रेम भाव समेटिएको लोक दोहोरी गीत “ पराईको दिल भित्र” सार्वजनिक भएको छ ।

कृष्ण कुमार विश्वकर्मा र चर्चित गायिका देवी घर्ती को स्वरमा रहेको गीतको शब्द श्यामु शाही र भुवन नेपालीले लेखेका छन् भने सङ्गीत लोकेन्द्र हमालको रहेको छ यस्तै भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन् ।

सुरेश पोख्रेल, एन्जिला वाईवा साथमा सुरजको अभिनय रहेको भिडियो बासु बरालको छायाकनमा मिलन बि.कले सम्पादन गरेका छन् । गीत श्यामु शाही र भुवन बि.कको प्रस्तुतिमा हमाल म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।