वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन



काठमाडौं । वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ ।

छातीमा समस्या देखिएपछि उपचारको क्रममा बिहिबार उनको निधन भएको बताइएको छ । उनलाई बिहिबार विहान नै न्यूरो अस्पताल भर्ना गरिएको थियो ।

वरिष्ठ संगीतकार समेत रहेका प्रधानको निधन भएको संगीतकार लक्ष्मण शेषले बताएका छन् ।

गायक प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेटो त्यो गाउँको’ र ‘पर लैजाउ फूलहरु’लगायतका गीत लोकप्रिय छन् ।