प्रेम गीत २ को ट्रेलर सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रेम गीत २ को ट्रेलर सार्वजनिक (भिडियो सहित)



हिमाल पोस्ट /असार ६ 

साउन १३ गते देखि प्रदर्शनमा आउने प्रेमगीत २ को ट्रेलर रिलिज भएको छ । नेपाल, थाइल्यान्ड र म्यानमारसँग जोडिएको प्रेम चलचित्रको मुख्य कथा रहेको निर्देशक रामशरण पाठकले जानकारी दिए ।

थाइल्यान्डको प्रेम नेपालसँग छ र नेपालको प्रेम म्यानमारसँग छ । हरेक पात्रको उद्देश्य प्रेमसँग गाँसिएको छ र द्धन्द्ध प्रेमबाटै सुरु छ, पाठकले भने ।

अभिनेताको रूपमा डेब्यु गरेका निर्माता सन्तोष सेन एक्सन अवतारमा देखिएका छन् । ट्रेलरमा आफूलाई भिलेनको रूपमा देखाइएपनि वास्तविक पात्रको परिचय भने फिल्मले दिने उनले बताए । अभिनेता प्रदीप खड्का फिल्ममा प्रेमको रोलमा छन् । उनले भने– पहिलो भागमा प्रेमका लागि बलिदानको प्रसङ्ग थियो ।

यस पटक बलिदानले मात्र हुँदैन भन्ने देखाइएको छ । डेब्यु अभिनेत्री अश्लेषा ठकुरीले दर्शकको प्रतिक्रिया सुन्न आफू आतुर भएको बताइन् । ‘म दर्शकको रिभ्यू सुन्न आतुर छु र फिल्म दर्शकको मन जित्ने ढङ्गले बनेको छ’ उनले भनिन् । झन्डै २ मिनेट लामो ट्रेलरमा म्यानमार, नेपालको रारा र थाइल्यान्डका मनोमोहक दृश्य समेटिएको छ ।

आशुसेन फिल्मस प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो सिनेमाको सम्पादन बनिश शाह र भूपेन्द्र अधिकारीले गरेका छन् भने पुरुषोत्तम प्रधानको छायाङ्कन रहेको छ । चलचित्रको पटकथा र संवाद निर्देशक पाठककै रहेको छ ।