लिक भयो प्रेमगीत-३, तनावमा निर्माता र कलाकार - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

लिक भयो प्रेमगीत-३, तनावमा निर्माता र कलाकार



विश्वभर प्रदर्शनमा आएको पहिलो नेपाली चलचित्र प्रेमगीत-३ शुक्रबारदेखि प्रदर्शनमा आएको छ ।

चलचित्र प्रेम गीत ३ को हिन्दी संस्करण लिक भएको छ। चलचित्र प्रदर्शन हुनु अगाडी नै लिक भएपछि निर्माता र कलाकार तनावमा परेका छन् ।

नेपालमा प्रदर्शन हुनुपूर्व नै हिन्दी संस्करण सामाजिक सञ्जालहरुमा लिक भएको हो । नेपालमा हिन्दी संस्करण सोमबार मात्र रिलिज हुनेछ ।

चलचित्रले नेपाल र भारतमा प्रदर्शनको पहिलो दुई दिन दर्शकको उत्साहजनक साथ पाएको छ। हिन्दी संस्करणले भारतमा पहिलो दिन ९२ लाख भारतीय रूपैयाँ कलेक्सन गरेको भारतीय ट्रेड एनालिस्ट तरन आदर्शले जानकारी दिएका छन् ।

चलचित्रले पहिलो दिन विश्वव्यापी ४ कलेक्सन गरेको निर्माण पक्षको दाबी छ । चलचित्रले नेपालमा भने मिश्रित प्रतिक्रिया पाइरहेको छ ।