प्रेमको सुरुवत - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रेमको सुरुवत



बरुण ज्ञवाली

सुजन मिलेको ज्यान उज्यालो अनुहार भएको एउटा गाउँको केटा हो। अाफ्नो उच्च शिक्षा हाशिल गर्न गाउबाट बुटवल शहरको प्रतिष्ठित क्याम्पस लुम्बिनी बाणिज्य क्याम्पसमा BBS तेस्रो बर्षमा अध्ययनरत छ । प्रिया चाहि छोटो जिउडालकि पातली शहरमै हुर्केकि केटी हो। उ पनि लुम्बिनी बाणिज्य क्याम्पसमा नै BBS पहिलो बर्षमा अध्ययनरत छ। क्याम्पसमा बार्षिकोत्शव समारोह नजिकिँदै छ,खेलहरु धमाधम चलिरहेका छन। सबै अाफुलाई मनपर्ने खेल खेल्न र हेर्न दौडधुप गरिरहेका छन। ”

अोए सुजन अाज Third year को क्रिकेट छ हेर्न जान्नस?” सुजनको साथि रोशन भन्छ।”नाई यार अाज यता मेरो क्विज छ म पार्टिसिपेट गर्या छु बरु त जा म क्विज सकेर अाउछु” सुजन जवाफ फर्काउछ। क्विज स्ववियु हलमा शुरु हुन गईरहेको थियो जब सुजन स्ववियु हलको भित्र के पस्न लागेको थियो उताबाट अाफ्नो साथिहरुलाई पानी पिउन जाने ईशारा गर्दै उनिहरुतिरै फर्केर अगाडि नहेरि नहेरी एउटि केटि अाउदै गरेको देख्यो । सुजन पनि केटिहरु जिस्काउन त नम्बरि नै हो,यहि मौकामा अाफुले पनि अगाडि नहेरेझै गरेर उ भएतिरै गयो। sorry,sorry,its okay,its okay दुबै एकअर्कामा ठोक्किएपछि दुईजनाकै मुखबाट निस्कियो एकैपटक यो अावाज। प्रिया मुसुमुसु हास्दै धारातिर पानी पिउन गई ,सुजन पनि मनमा लड्डु फुटाउदै हलमा रहेको कुर्चिमा गएर बस्यो। मन्चबाट उद्घोषण गर्नुभएको सरले सबै पार्टिसिपेन्ट्सलाई अगाडिको बेन्चमा अाएर बस्न पठाउनुभो। सुजन अगाडि जाँदै थियो उताबाट प्रियापनि अगाडि गई,प्रिया पनि क्विजमा पार्टिसिपेट गरेको रहिछे फेरिपनि दुबैजनाको हेराहेर भयो अनि मुस्कान साटासाट पनि ।

अगाडिबाट सरले प्रश्न सोधिरहनु हुन्थ्यो, जब प्रश्नको उत्तर दिने बेला प्रियाको ग्रुपमा पुग्थ्यो सुजनले प्रियालाई हेरिरहन्थ्यो अनि सुजनको ग्रुपमा पुग्दा प्रियाले त्यसैगरि हेर्थि। अब दुबैजनाको मुहार परिचित भयो,सुजनलाई प्रियाको अाखा साह्रै मन पर्यो भने प्रियालाई चाहिँ सुजनको मुस्कान र हेयरस्टाईल। क्विज सकियो तर पहिलो २ अोटा ग्रुपको बराबरि नम्बर अायो प्रियाको ग्रुप तेस्रो भए सुजनको ग्रुप चाहिँ चौथो स्थानमा रहे। बराबरि भएकालाई फेरि गराउनु पर्ने भो अब ती २ ग्रुप बाहेक अरु ग्रुपहरु पछाडि गएर बस्दा हुने भो। प्रिया पछाडि गएर बसि ,प्रियाको साईडमा एउटा खालि कुर्सी थियो सुजनले त्यो खालि कुर्सि देख्यो। उसलाई त्यो कुर्सीमा गएर बसुबसु भयो तर कताकता डर पनि लाग्यो तर मनमा अाट गरेर केटो गएर साईडमै बस्यो। सुजन: “यहाँ बस्न त हुन्छ नि?” प्रिया: “ल किन नहुनु।” सुजन: “अनि कस्तो लाग्यो त प्रोग्राम ?”

प्रिया : “रमाइलै लाग्यो नि।…हजुर कुन year हो नि पढ्ने ?”

सुजन:” म Third year! …तिमी नि?”

प्रिया : “म first year !”

सुजन: “तिम्रो नाम चाहिँ के ? ”

प्रिया :” प्रिया भट्टराई । हजुरको?”

सुजन: “सुजन भण्डारी। ” अगाडि क्विज सक्किसकेको थियोे अब घर जाने तरखर भयो । प्रिया भोलि बास्केटबल छ हेर्न अाउ है भन्दै सुजन बाहिर गयो प्रिया पनि हुन्छ भन्ने संकेत गर्दै मुन्टो हल्लाउँदै बाहिर निस्कि। अाजको घटनाले प्रिया र सुजन दुबैको मनमा धेरै गतिविधिहरु खेलिरहेका थिए। जुन घटनाले सुजनलाई भन्दा प्रियालाई कडा रुपमा छाप बस्यो र जसरि पनि अर्को दिनको बास्केटबल प्रतियोगितामा बास्केटबल हेर्न भन्दा पनि सुजनलाई हेर्नको लागि जाने निर्णय गरि। अर्को दिन सुजन बास्केटबल कोर्टमा नै थियो प्रियाको अाखाले उसैलाई भेटायो र एकोहोरो हेरिरहन थाल्यो। सुजनले प्रियाको एकोहोरो हेराई देख्यो अनि अड्कल गर्यौ कि यो केटीले पक्कै लाईन दिईरैछ मलाई। यसोउसो गरेर सुजन प्रिया भएनिर अाईपुग्यो।

सुजन: “हेल्लो प्रिया ” प्रिया:” हाई,सन्चै हुनुहुन्छ ?”

सुजन: “म सन्चै तिमि नि?”

प्रिया:” ठिकै छ। तपाईं खेल्नुभएन बास्केटबल?”

सुजन: (ठट्टा गर्दै)” म जस्तो अन्तर्राष्ट्रिय स्तरको खेलाडी नि कहाँ यहाँ खेल्छु । ”

प्रिया : “हाहा, हसाउनुभो।”

सुजन:” मज्जाले हास। परेको म बेहर्छु।।…. अनि सुनत?”

प्रिया:” भन्नुस न।”

सुजन:” फेसबुक use गर्छौ नि।”

प्रिया:”उमम् गर्छु” सुजन:” के हो नि ID?”

प्रिया:”Ayirp Bhattarai ”

सुजन:” के हो यस्तो नाम पुरै बिदेशीको जस्तो ?”

प्रिया:” priya लाई उल्टा बनाको नि। ”

सुजन:” मेरो त नेपालीमै छ, Sujan है। तिम्रो जस्तो बिदेशी नाम छैन।”

प्रिया : (ठट्टामा) “कस्ले सोधेको छ र तपाईंको ?”

सुजन: “तिम्ले नसोधे नि अाफ्नै मान्छे सम्झेर भनेको नि। ल ल प्रिया अहिले गए म साझ फेसबुकमा Add गर्छु है।” प्रियाले केही रेस्पोन्स नदिई मनमनै भन्छे कति हतार हो एकछिन बसे के जान्थ्यो होला कत्तिन हाकिम जस्तो। प्रिया अब चै सुजनको अाकर्षणमा चुलुम्ब डुबेकि दिई। प्रिया हतपत घरम गएर फेसबुकमा सुजनलाई सर्च गरि सबै फोटोहरु जुम गरिगरि हेरि तर फ्रेन्ड रिक्वेस्टचाई अाफै नगरि सुजनबाटै अाउने प्रतीक्षा गरिरहि। साझको ८बज्यो अब त पक्कै रिक्वेस्ट अायो होला प्रियाले फेसबुक खोलि तर अझै फेन्डरिक्वेस्ट अाकै छैन, १० १० मिनेटको फरकमा प्रिया फेसबुक खोलिरहन्थि तर ९:३० सम्म फेन्डरिक्वेट अाएन।

जब ९:३४ मिनेटमा सुजनले फेन्डरिक्वेस्ट पठायो प्रिया खुसि भई तर हतार गरि एसेप्ट चाहिँ गरिन किनकि सुजनले के सोच्ला यति छिटै एसेप्ट गर्दा, १० मिनेट पछि प्रियाले एसेप्ट गरि सुजन अनलाइन नै थियो म्यासेज गरु या नगरु प्रिया अलमल परि नभन्दै सुजनले नै म्यासेज पठायो। सुजनले hy भनेर गरेको सुरुवातबाट उनिहरुको नालिबेलि साटासाट भयो,घरको स्थिति,कलेजका साथिहरुको कुरा यस्तै यस्तै। सुजनले अब प्रियाको मोबाइल नम्बर माग्ने निर्णय गर्यौ। तर सुरुमा प्रियाले दिन मन लागेपनि हिचकिचाएझै गरि तर पछि भने दिई नै । सुजन पनि अब त प्रियाको अाकर्षणमा डुब्दैगएको थियो ।

सुजनले केहि ठिला नगरि प्रियालाई फोन गर्यौ कुरा धेरै बेरसम्म रहिरह्यो। १ घण्टाको कुराकानीपछि दुबै जनाको यो भन्दा पहिला प्रेम सम्बन्धमा नरहेको र एकअर्कालाई मन पराउने कुरा छर्लङ्ग देखिन्थ्यो प्रियाले अाफु प्रेमिका भएजस्तै कुरा गर्थि जसबाट सुजन अाफुलाई नियन्त्रण गर्न सक्ने स्थितिमा थिए । अर्को दिनको कुरा सुजन कन्भर्स जुत्ता,जिन्स पाईन्ट र भित्रबाट सेतो टिसर्ट लगाई बाहिरको निलो सर्टको टाँक खोलेर अलिकति कोब्रा प्रफ्युम छर्केर निर्धारित समयमा नै पुगेको थियो। ५ मिनेट पछि उताबाट प्रियापनि सेतो जिन्स पाईन्ट, कक सुज , छिर्मेमिर्के टिसर्ट,कपाल छाडेर अनि स्वभाविक मेकअपमा नै उपस्थित भएकि थिई। जब प्रिया पार्कको गेटबाट भित्र छिर्न खोज्दै थिई दुबैजनाक‍ो अोठमा भित्रैबाट दुर्लभ मुस्कान निस्केको थियो।प्रिया सरासर सुजन भएकै बेन्चमा अाएर बसि। सुजन: “किन ढिला गरेको?” प्रिया:”अाउदा अाउदै ढिला भयो।” सुजन: “कति सजिलो उत्तर है।

अनि एउटा कुरा भनु?” प्रिया: “भन्नुस न । नभन्नुस भनेर कहिले रोक्या छु र हजुरलाई?”

सुजन: “कति राम्रि देख्खिएकि तिमी।”

प्रिया: (मजाक गर्दै) “म त सधै यस्तै हो। हजुर बरु कालो कालो देख्खिनुभाछ।

सुजन:” शुरुमा यसो मख्ख पार्दिम भनेर भनेको हु। कत्तिको राम्रि भन्ने कुरा त त्यो फुस्रो मेकअपले नै देखाको छ नि ।”

प्रिया: “बिद्यार्थिको अनुशासन गहना भनेझै मेकअप त केटिहरुको गहना हो हजुर।”

सुजन: “अनुशासनको महत्त्व बिषयमा बक्तृत्वकला खेलेकि हौ क्या सानोमा ।”

ठट्यौली गफ गर्दागर्दै केही समय बित्यो। दुबैको मुखबाट एकछिन केही कुरा फुरेन दुबै अलिक सिरियस भए। यत्तिकैमा प्रियाले लामो सास लिएर भनी।

प्रिया: “सुजन,हजुरले मलाई मन पराउनुहुन्छ?”

सुजन:”उममम” (मन्टो हल्लाउँदै) प्रिया: “Do you love me Sujan?”

सुजनको अनुहार रातो भयो। उसले यस्तो प्रश्न अहिले नै बेहोर्नुपर्ला सोचेको थिएन। मन अाकुलब्याकुल भयो। प्रियासँग भेट भएदेखि अाजसम्मका पलहरु एकपटक सम्झियो। अाजसम्म जसरी प्रियासँग भएका घटनाहरुलाई विश्लेषण गर्यो मेरो जिबनमा यो केटि सुहाउँदो हुने छे। २ मिनेटको गहन सोचपछि प्रियाको मुहारमा हेर्छ अनि भन्छ। सुजन: “मैले तिमिजस्तो केटिलाई गुमाउन चाहदैन प्रिया, I love you too” दुबै जनाले एकअर्काको हातमाथि हात राखेर होल्ड गर्छन अनि अा-अाफ्नो बाटो लाग्छन ।

नोट:खासगरी अहिलेको परिस्थितिमा प्रेम सम्बन्ध सामाजिक सन्जालको सहायताबाट व्यापक हुने गरेको छ जसमा कोही सम्बन्ध दिर्घकालसम्म रहन्छन त कोहि अल्पकालमै तुहिन्छन। अल्पकालमै तुहिने एउटा कारण हो छिटो निर्णय लिनु। प्रेम सम्बन्धको शुरुवातमा जो कसैले पनि छिटै निर्णय नलिई सोच बिचार पुर्याएर,अाफुले सम्बन्ध कायम गर्न चाहेको मान्छे पुर्ण रुपमा बिश्वास गर्न योग्य छ वा छैन बुझि मात्र सम्बन्ध कायम गरौ।