प्रेस सेन्टर नेपालद्वारा ५ बूंदे लुम्बिनी घोषणापत्र जारी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रेस सेन्टर नेपालद्वारा ५ बूंदे लुम्बिनी घोषणापत्र जारी



लुम्बिनी, ७ असोज । राष्ट्रको चौथो अंग पत्रकारिता पेशा र पत्रकारको संरक्षण सम्र्बद्धनमा टेवा पुरयाउने उद्देश्यले प्रेस सेन्टर नेपालले ५ पाँच बूंदे लुम्बिनी घोषणापत्र जारी गरेको छ । सूचनाको हकलाई स्थापित गराउनका लागि सेन्टरको बिहीवार अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा सम्पन्न ५ नम्बर प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमले सो घोषणापत्र जारी गरेको हो ।

जारी घोषणापत्र अनुसार श्रमजीवि पत्रकारिता ऐनलाई पूर्ण रुपपमा कार्यन्वयन गर्नुपर्ने, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्नुपर्ने, जनता प्रति स्थानीय सरकारलाई जवाफदेही बनाउनुपर्ने , समानुपातिक विज्ञापन नीतिलाई प्रभावकारी ढंगबाट लागू गर्नुपर्ने तथा वृहत्तर लुम्बिनी विकासका लागि राज्यको विशेष ध्यानाकर्षण गराउनुुपर्ने जोडदार माग गरिएको छ ।

यसै गरी भेलाले प्रेस सेन्टरको प्रचार प्रसार विभागलाई चुस्तदुरुस्त बनाउन र सञ्चारकर्मी तथा मिडिया व्यवस्थापनका लागि प्रदेश स्तरीय बुलेटिन प्रकाशन गर्ने, प्रशारण अनलाइन स्थापना नेटवर्क सामाजिक सञ्जाल, केन्द्र तथा प्रदेशसभाको चुनावी गतिविधिलाई जनतासमक्ष पु¥याउन एक उम्मेदवार पछाडी एक पत्रकार खटाउने निर्णय समेत गरेको छ ।

कार्यक्रममा ने.क.पा. (माओवादी केन्द्र) का पोलिटव्युरो सदस्य जेपी भट्टराई (अपार)ले मुलुकमा संघीय गणतन्त्रको स्थापना पश्चात संसदीय ब्यवस्था र समाजबादी व्यवस्था बीचको द्वन्दलाई चिर्दै समाजवादी क्रान्तिलाई अगाडी बढाउने पार्टीको दृष्टिकोण रहेको बताए । उनले संघीय गणतन्त्रको अभ्याससंगै समाजवादी क्रान्तिको तयारीका लागि पार्टी गृहकार्यमा जुटेको हुँदा समाजवादी क्रान्तिको पक्षमा जनमत सिर्जना गर्न प्रेस सेन्टरलाई मिशन बनाउन निर्देश समेत दिए ।

सो अवसरमा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव विष्णु सापकोटा, प्रदेश नं. ५ का संयोजक मौसम रोका, माओवादी केन्द्र रुपन्देहीका जिल्ला सह–संयोजक अनुप बराल, लुम्बिनी नगर विकास समितिका अध्यक्ष शिव प्रसाद प्यासी, लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।