प्रेस युनियन रुपन्देहीद्वारा पत्रकार महासंघको पदस्थापन बहिष्कार ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रेस युनियन रुपन्देहीद्वारा पत्रकार महासंघको पदस्थापन बहिष्कार !



हिमाल पोस्ट/फागुन १२

प्रेस युनियन रुपन्देहीले पत्रकार महासंघ रुपन्देहीमा आज हुन लागेको पदस्थापन कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको छ ।

युनियनको आज बुटवलमा बसेको आकस्मिक बैठकले निर्बाचन समितिले निर्णय नसच्चाएसम्म महासंघले गर्ने कुनैपनि गतिबिधि र कार्यक्रममा सहभागिता नजनाउने निर्णय गरिएको युनियन सभापति बिक्रम खड्काले नागरिक आवाजलाइ बताए ।

फागुन ३ गते सम्पन्न महासंघको दशौं अधिबेशनपछि चुनिएको नया नेतृत्वको पदस्तान्तरण कार्यक्रम आज हुदैछ ।

तर युनियन नेतृत्वको लोकतान्त्रिक प्यानलले निर्वाचनको परिणामलाइ अस्विकार गर्दै आएको छ ।

अधिबेशनका क्रममा निर्वाचन समितिले निश्पक्ष तरिकाले काम गर्न नसकेको र बराबर मत आएका पदमा पनि एक समुहलाइ जिताएको र अर्काे समुहलाइ हराउने हर्कत गरेको भन्दै बिरोध गर्दै आइरहेको छ ।

युनियनले आफ्नातर्फबाट महासंघमा प्रतिनिधित्व गर्ने कार्यसमिति, निबर्तमान कार्यसमिति,  सल्लाहकार, केन्द्रिय पार्षद तथा क्षेत्रीय पार्षदलाइ कार्यक्रममा सहभागि नहुन निर्देशन दिएको छ । युनियनले यसअघि हिजो निर्बाचन समितिलाइ ध्यानाकर्षणपत्र पनि बुझाइसकेको छ ।   निर्बाचन समितिले बैठक बसेर निर्णय गर्ने युनियनलाई आश्वासन दिएपनि हालसम्म कुनै ठोस कदम नचालेको भन्दै बिरोध गरिएको हो ।