ढुङ्गे अड्डास्थित पेट्रोल पम्पमा नो एमसीसी लेखिएको कुकर बम - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

ढुङ्गे अड्डास्थित पेट्रोल पम्पमा नो एमसीसी लेखिएको कुकर बम



काठमाडौंको थानकोट कलंकी सडकखण्ड अन्तर्गत ढुंगेअड्डाको एक पम्पमा नो एमसिसी लेखेको प्रेसर कुकर फेला परेको छ ।

उक्त प्रेसर कुकरमा बम रहेको आशंका भएपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ । ढुंगेअड्डास्थित कालिका पेट्रोल पम्पमा यस्तो वस्तु भेटिएको हो ।

प्रहरी र सशस्त्रसँगै सो स्थानमा नेपाली सेना समेत पुगेको छ भने सर्वसाधरणको समेत भिडभाड लागेको छ ।

सरकारले आज एमसीसी सम्झौता टेबल गर्ने तयारी गरेको छ । एमसीसी सम्झौता टेबल हुने आशंकामा केहीदिन देखि सर्वसाधरण नागरिक आन्दोलनमा उत्रिएका छन् ।