असारमा बिहे गर्दै प्रियंका आयुष्मान - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

असारमा बिहे गर्दै प्रियंका आयुष्मान



काठमाडौं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको यहि असारमा गर्दैछन् ।

उनीहरुले एक टेलिभिजन कार्यक्रममा यो कुराको खुलासा गरेका हुन् । गत सोमबार प्रसारण भएको ‘मुन्द्रेको कमेडी क्लब’मा नायिका प्रियंका कार्कीले आफूहरुले असारमा विवाह गर्ने खुलासा गरेकी हुन् ।

‘मुन्दे्रको कमेडी क्लब’ कार्यक्रमकी अध्यक्ष दीपाश्री निरौलाले ‘प्रियंका र आयुष्मानको प्रेम त धेरै झांगिसकेको छ, अब धेरै अडियन्सले बुझ्न चाहनुभएको छ की, बिहे कहिले ?’ भनी प्रश्न सोध्दा नायिका कार्कीले भनिन्, ‘हाम्रो बिहे चाँहि अब आउने सालको असार महिनामा हुनेछ’ भन्ने जवाफ दिएकी थिइन् ।

प्रियंकाको भनाइलाई स्पस्ट पार्दै शो का प्रस्तोता जितु नेपालले थपे, ‘७६ सालको अर्को मुन्द्रेको कमेडी क्लबमा चाँहि हामिले विवाह गरेको प्रियंका र आयुष्मानलाई पाउनेछौँ ।’

‘कथा काठमाडौं’को सुटिङको क्रममा प्रेममा परेका उनीहरुले प्रेमलाई चाँडै नै विवाहमा परिणत गर्न लागेका हुन् । जे–जसो भएता पनि उनीहरुको प्रेमजीवनजस्तै बैवाहि जीवन पनि सुखद रहोस् शुभकामना…