प्रियंका गान्धीले भनिन : म जेल जान तयार छु - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रियंका गान्धीले भनिन : म जेल जान तयार छु



मिर्जापुर । भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियंका गान्धी वाड्राले आफू जेल जान तयार रहेको बताएको छ ।

गत १७ जुलाईमा दिन सोनभद्रामा भएको गोलीकाण्डमा मारिएकाका आफन्तलाई भेटेपछि उनले यस्तो बताएकी हुन् ।

‘पीडितका आफन्तलाई भेट्दा मलाई सरकारले जेल हाल्छ भने म जेल जान तयार छु,’ उनले ट्वीटरमा लेखेकी छन् ।

उनले जमानत कुनै हालतमा पनि नतिर्ने अठोट पनि गरेकी छन् । आफूले हिंसा नचाहेको र उनीहरूलाई आफूले जसरी पनि भेट्ने प्रियंकाको भनाइ छ ।