प्रियंका भन्छिन: नारीहरू आफ्नो बाटो आफै बनाउन सक्छन - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रियंका भन्छिन: नारीहरू आफ्नो बाटो आफै बनाउन सक्छन



एजेन्सी– बलिउडकी अदागरा प्रियंका चोपडाले पछिल्लो समय निकै चाखलाग्दा अभिव्यक्ति दिन थालेकी छिन् ।

फिल्ममा मात्र होइन, सामाजिक सन्जालमा पनि निकै सक्रिय प्रियंकाको नयाँ भिडियो अहिले सामाजिक सन्जालमा निकै छाएको छ । त्यो भिडियोमा उनले महिलालाई विशेष सन्देश दिएकी छिन् ।

भिडियोमा प्रियंकाले कुनै पनि युवतीलाई रानी बन्नका लागि राजा नै आवश्यक नपर्ने बताएकी छिन् । उनले भनेकी छिन्, ‘भनिन्छ, एउटा युवतीलाई सम्झनका लागि निकै मुश्किल हुन्छ ।

यो साँचो हो किनकि मानिसहरु हामीलाई जति सम्झिन्छन्, हामी त्यसभन्दा अगाडि बढिसकेका हुन्छौँ । हामीलाई रानी बन्नका लागि कुनै राजाको आवश्यकता हुँदैन । हामी त आफ्नो बाटो आफैं बनाउँदै हिँड्छौँ ।’