प्रमोद खरेलको ‘चल वतास चल’ (भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रमोद खरेलको ‘चल वतास चल’ (भिडियो सहित)



साउन २३, काठमाडौं । चर्चित गायक प्रमोद खरेलले आफ्नो नयाँ प्रस्तुती ‘चल वतास चल’ सार्वजनिक गरेका छन् । केही समयदेखि आउँदैछ भनेर सामाजिक सञ्जालहरुबाट सबैलाई प्रतिक्षा गराएका खरेलले शनिवार गीत सार्वजनिक गरेका हुन् । हाल सांगीतिक कार्यक्रमको लागि अमेरिकामा रहेका खरेलले उतैबाट यो गीतको विश्वव्यापी रिलिज गरे ।

फेसवुकमा ‘तपाइहरुको अविरल माया र साथ अनि हौसला ले गर्दा नै ल्याएको छौं। नयॉ गीत ‘चल वतास चल’। हेर्नुहोला है  ….भन्दै ‘चलबतास चल’ सार्वजनिक गरेका खरेलले अमेरिकाका विभिन्न कार्यक्रममा यो गीतमा प्रस्तुती दिइरहेका छन् ।  ‘अघिल्लो गीत झुम्कावाली जस्तै सुन्नासाथ धेरैले ‘चल वतास चल’ पनि मन पराइदिनुभएको छ’ खरेलले भने, ‘हरेक कार्यक्रममा वान्स मोर पाएको छु ।’

यसअघिको गीत झुम्कावाली सुपरहिट भएको थियो । त्यसैले पनि होला आफ्नो नयाँ गीतमा पनि लगभग पुरानै टिम दोहोर्याएका छन् खरेलले । शितल कादम्विनीको शब्द अनि अर्जुन पोखरेलको संगीत तथा संगीत संयोजनमा ‘चल वतास चल’ झ्याप्पै मनमा बस्ने खालको छ ।

भिडियोमा नायिका नम्रता सापकोटाको साथमा खरेल आफैं देखिएका छन् । ‘डान्सिङ नम्वर ‘चल वतास चल’ का लागि म र मेरो टिमले धेरै मेहनत गरेका छौं’ खरेलले भने, ‘शुरुआती प्रतिक्रियाले थप उत्साह मिलेको छ ।’

हेर्नुहोस भिडियो :

source:khabarbani