घरेलु मैदानमै पीएसजीको बिजोग - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

घरेलु मैदानमै पीएसजीको बिजोग



एजेन्सी- फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।बुधबार राति भएको खेलमा पीएसजी घरेलु मैदानमा रिम्ससँग २-० ले पराजित भएको हो । रिम्सलाई जित दिलाउन हसाने कामारा र बौलाए डियाले एक-एक गोल गरे ।

खेलको २९ औं मिनेटमा कामाराको गोलबाट रिम्सले अग्रता बनाएको थियो । त्यसपछि खेलको इन्जुरी समयमा डियाले गोल गर्दै रिम्सलाई २-० को जित दिलाए ।

हारसँगै पीएसजी शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन चुकेको छ । लिग लिडर पीएसजीले ७ खेलबाट १५ अंक जोडेको छ । दोस्रो स्थानको एन्गर्सको पनि १५ अंक रहेको छ । आठौं स्थानको रिम्सको ७ खेलमा ११ अंक छ ।