पाकिस्तान सुपर लिगमा पारस सहित सात नेपाली खेलाडी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

पाकिस्तान सुपर लिगमा पारस सहित सात नेपाली खेलाडी



काठमाडौं । पाकिस्तान सुपर लिगको सिल्भर ड्राफ्टमा पारस खड्कासहित सात जना नेपाली खेलाडी परेका छन् । आयोजकले सोमबार जारी गरेको ड्राफ्टमा उनीहरू परेका हुन ।

पाकिस्तान सुपर लिगमा सार्वजनिक गरेको सिल्भर ड्राफ्टमा आरिफ शेख, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल, शरद भेषावकर र सोमपाल कामी परेका हुन् । भने क्यानले सिफारिस गरेका करण केसी, पवन शरार्फ र ललित नारायण राजवंशी भने ड्राफ्टमा परेका छैनन् ।

पीएसएलको इमर्जिङ क्याटोगरी सार्वजनिक हुन बाँकी रहेकोले त्यो ड्राफ्टमा करण केसी, पवन शरार्फ र ललित नारायण राजवंशीको नाम आउने आशा गरिएको छ ।

यस्तै नेपाली युवा स्पीनर सन्दीप लामिछाने यसअघि नै ड्राफ्टको प्लाटिनम क्वाटगेरीमा परेका थिए ।

पीएसएल ड्राफ्टमा खेलाडीलाई ५ क्याटगोरीमा राखिएको छ । सबैभन्दा महंगो क्याटगेरी प्लाटिनम हो, जसमा पर्ने खेलाडीले १ लाख ४७ हजार देखि २ लाख १८ हजार अमेरिकन डलरसम्म पाउनसक्छन् । यस्तै सिल्भर क्याटगेरीमा पर्नेले १५ देखि ३५ हजार अमेरिकी डलर पाउनेछ ।