पब्जीबाट प्रेम हुँदै 'लिभिङ टुगेदर': प्रेमिकाको हत्यापछि आफैले आत्महत्या - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

पब्जीबाट प्रेम हुँदै ‘लिभिङ टुगेदर’: प्रेमिकाको हत्यापछि आफैले आत्महत्या



काठमाडौं । पब्जी गेमबाट साथी बनेर ‘लिभिङ टुगेदर’मा बसेका एक जोडी युवा युवती मृत भेटिए । गएराति मृत भेटिएका उनीहरूको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । काठमाडौंस्थित बौद्ध फैकामा सँगै बस्दै आएका युवक–युवती कोठामै मृत अवस्थामा फेला परेका थिए ।

उनीहरू कोठामै मृत अवस्थामा फेला परेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार संखुवासभाका २५ वर्षीय अनिस जिमी र खोटाङकी २२ वर्षीया युसुना राई मृत अवस्थामा फेला परेका छन् ।

युसुनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको उनले जानकारी दिए । अनिसले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पब्जी गेमबाट साथी बनेका जिमी र राई सँगै बस्न थालेका थिए । २०/२२ दिन मात्र ‘लिभिङ टुगेदर’मा बसेको पाइएको एसपी मैनालीले जानकारी दिए । उनीहरू प्रेमी–प्रेमिकाको रूपमा बसेको हुन सक्ने अनुमान छ ।

उनले भने, “युवतीको हत्यापछि युवकले आत्महत्या गरेको जस्तो देखिन्छ । शव पोस्टमार्टमका लागि पठाएका छौँ । अनुसन्धान जारी छ । तर, पब्जी खेलकै कारण एकार्कालाई हान, ठोकलगायत आवाज सुनिएको पाइएको छ । पब्जीकै कारण घटना भएको हो कि भन्ने छ ।”

युवकले युवतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आत्महत्या गरेको घटनाको प्रकृतिबाट खुलेको पनि मैनालीले बताए ।