पुडासैनी प्रकरण:अस्मिताको पक्षमा कोही पनि बोलेनन् - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पुडासैनी प्रकरण:अस्मिताको पक्षमा कोही पनि बोलेनन्



काठमाडाैं । चितवन जिल्ला अदालतलले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपित पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

मंगलबार म्याद थपका लागि भएको बहसमा सरकारी वलिकलको तर्फबाट जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले आधार र कारण खुलाइ थप १० दिनको समय माग गरेकोमा जिल्ला अदालत चितवनले पाँच दिनको समय दिएको हो । रवि लामिछानेसँग झन्डै पाँच घन्टा बयान लिइएको छ । सोमबार र मंगलबार गरी पाँच घन्टा बयान लिएको हो ।

प्रतिवादी रवि र युवराजको तर्फबाट पूर्वमहान्यायधीवक्ता सुशील पन्त, वरिष्ठ अधिवक्ता सुनील पोखरेल र चितवन अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष चुडामणि सापकोटाले बहस गरेका थिए ।

अस्मिताको केही अधिवक्ता भएनन्
पुडासैनी आत्महत्या प्रकरणकी आरोपित अस्मिता कार्कीको बहसका लागि कुनै पनि अधिवक्ता तयार भएनन् । रवि र युवराजको पक्षमा पूर्वमहान्याधिवक्ता र वरिष्ठ अधिवक्तले वकालत गरे पनि अस्मिताको पक्षमा कोही पनि नबोलेको अदालतले जनाएको छ । नयाँ पत्रिका दैनिकले खबर छापेकाे छ ।