पुडासैनीको मृत्युको कारण हत्या की आत्महत्या ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

पुडासैनीको मृत्युको कारण हत्या की आत्महत्या ?



–कृष्ण भट्टराई

पत्रकार सालिकराम पुडासैनीको मृत्युले अहिले नेपाल तातियको छ । पुडासैनीको मृत्युको कारण हत्या की आत्महत्या ? यस विषयमा चितवन प्रहरीले अनुसन्धान गरिरहेको छ तर साउन २९ गते नेपाल आज नामक अनलाइन पत्रिकाले “सालिकरामलाई आत्महत्या गर्न यसरी बाध्य पारेका थिए रविले एक्स्क्लुसिभ भिडियोसहित” शीर्षकमा एउटा भिडियो सार्वजनिक गर्‍यो र त्यही भिडियो आधारमा प्रहरीले साउन ३० गते पत्रकार रवि लामिछाने र युवराज कँडेललाई न्युज २४ को कार्यालय बाटै पक्राउ गर्‍यो ।

लामिछानेको पक्राउ पछि अहिले नेपालीका सामाजिक सञ्जालका भित्ताहरू केबल रवि लामिछाने मात्र भरियको जस्तो देखिन्छ । सामाजिक सञ्जालमा स्पष्ट रूपमा तिन किसिमका बिचारहरू प्रस्फुटित भइरहेका छन् । एक पक्ष रवि लामिछानेको पक्राउबाट खुसी देखिन्छ जुन रविको विरोधी पक्ष हो र यो पक्षले आफ्ना फेसबुकका भित्ताहरू मार्फत रविलाई दोषी करार गरिसकेको छ, अर्को पक्ष छ जसले रविको पक्राउलाई प्रहरी प्रशासनको गम्भीर त्रृटिका रूपमा व्याख्या गर्छ जुन रविका समर्थनकर्ताको पक्ष हो र यो पक्ष रवि लामिछाने रे शत प्रतिशत गल्ती नगरेको तर्क गर्छ , सामानिक सञ्जालमा एउटा तेस्रो धार छ जसले रवि सही गलत के भन्ने कुरा अनुसन्धान र छानबिनबाट पत्ता लाग्ला तर रविलाई पक्राउ गरी अनुसन्धान गर्नु प्रहरीको कर्तव्य भयको निष्कर्ष निकाल्छन् ।

रवि लामिछाने वास्तवमा दोषी हुन् वा र्निदोष हुन् भन्ने कुरा त प्रहरीको अनुसन्धान पछि मात्र पत्ता लाग्ला तर पनि जुन प्रमाण र अभियोगमा लामिछानेलाई पक्राउ गरियको छ त्यसले भने जनतामा पक्कै पनि आशङ्का उत्पन्न गरायको छ । पुडासैनीले आत्महत्या गर्नुृ अघि रेकर्ड गरेको भनिएको भिडियौ हेर्दा सम्पादन गरियको भिडियो हो भन्ने प्रस्ट हुन्छ । मृत्यु अघि रेकर्ड गरियको भिडियोलाई सम्पादन गरी मिडिया सम्म कसले पुर्यायो त ? पुडासैनीको मृत्युको कारण हत्या वा आत्महत्या भन्ने नै प्रहरीले र्निक्यौल गर्न नसकिरहेको अवस्थामा कसरी आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरियो त ?

अर्कै कुरा पुडासैनीले आफूले आत्महत्या गर्नु अघि रेकर्ड गरेको भनियको भिडियो सबै भन्दा पहिले प्रहरीको हात लाग्नु गर्ने होइन र ? यदि हो भने प्रहरीबाट त्यो भिडियो मिडियाको हात सम्म कसरी पुग्यो ? कुनै पनि घटनाको प्रमाण त्यो घटनाको अनुसन्धान नसकिँदासम्म गोप्य हुनु पर्ने होइन ? यदि सार्वजनिक नै गर्नु पर्ने भएमा पनि पत्रकार सम्मेलन मार्फत गर्नु पर्ने तर यो घटनामा कुनै एक विशेष मिडियाको हातमा मात्र पुग्यो ।

ल मानौँ त्यो भिडियो प्रहरीको हात सम्म पुगेन प्रहरीको हात लाग्नु भन्दा पहिले नै मिडियाको हातमा पुग्न कि त स्वयम् पुडासैनीले नै नेपाल आजलाई दिएको हुनु पर्यन्त हैन भने त्यो भिडियो नै अरू कसैले रेकर्ड गरेको हुनु पर्‍यो आत्महत्या गर्नु अघि आफूले रेकर्ड गरेको भनेको भिडियो अरू मार्फत मिडिया सम्म पुग्न त सम्भव देखिँदैन । त्यो भिडियो प्रहरी मार्फत मिडियामा नपुगेको भए सबै भन्दा पहिले अनुसन्धान त सार्वजनिक गर्ने मिडिया माथि नै हुनु पर्ने होइन र ? त्यो भिडियो कसरी नेपाल आज सम्म पुग्यो भन्ने विषय यो प्रकरणको लागि एक महत्त्वपूर्ण पक्ष हो ।

नेपाल आज मार्फत बाहिरीयको उत्त भिडियोमा पत्रकार पुडासैनीले आफूलाई रवि लगायत ३ जनाले आत्महत्या गर्न बाध्य बनाइयका,े ठुला व्यापारी ठेकदारहरु सँग लाखौँ रुपैयाँ असुल गर्ने गरेको आरोप लगायका छन् यी सबै विषय आफूलाई थाहा भएकोले लामिछानेले पटक पटक आफूलाई शारीरिक र मानसिक यातना दिने गरेको आरोप लगायका छन् । एकातिर उत्त भिडियो मार्फत पुडासैनीले रविले आफूलाई यातना दिएको भनिरहेका छन् तर अकौ तिर आफू आत्महत्या गर्दा समेत आफ्नो फेसबुकको प्रोफाइल र कभरबाट रविको तस्बिर हटायका छैनन् ।

एकतिर भिडियो मार्फत रविलाई भिलेनका रूपमा चित्रित गरेका छन् तर उनको फेसबुक प्रोफाइल र भिडियोहरू हेर्दा संसारमा उनले सबै भन्दा मान्ने र श्रद्धा गर्ने व्यक्ति रवि नै भएको प्रमाणित हुन्छ । कोही मानिसले आफूलाई त्यति धेरै मानसिक र शारीरिक यातना दिइरहेको छ भने त्यही व्यक्तिको तस्बिर आफ्नो फेसबुकको प्रोफाइल र कभरमा राख्न सकिन्छ र ?रविले व्यक्तिगत रूपमा कसै सँग पैसा असुले वा असुलेनन् त्यो हामीले यकिन भन्न सकिने कुरा पनि होइन र बिना प्रमाण कसैले आरोप मात्र लगायका भरमा त्यो कुरालाई मान्न पनि सकिँदैन जसरी भिडियोमा रविका कर्तुतको आफूसँग प्रमाण भएको दाबी गरेका छन् यदि प्रमाण छ भने त्यो प्रमाण किन सार्वजनिक गरिएन त ? जसले उनको आत्महत्या गर्नुृ अघिको भिडियो सार्वजनिक गर्न सक्यो उसले किन रविका कर्तुतहरू सार्वजनिक गर्न सकेन ?

भिडियोमा पुडासैनीले न्यून २४ मा आफ्नो व्यापार व्यवसाय छोडेर काम गर्न बाध्य पारियको कुरा उल्लेख गरेका छन् तर सामान्य रूपमा सोच्दा पनि कोही व्यक्तिले आफ्नो मासिक रूपमा एक डेढलाख कमाई हुने व्यवसाय छोडेर कसैको दबाबमा मासिक पन्ध्र हजारको जागिर गर्ला त ? जसरी पुडासैनीले भिडियोमा आफूले सिधा कुरा जनता सँग मा काम गर्दा आफूमाथि बेला बेलामा हातपात हुने गरेको र एकदमै तनावको अवस्थामा काम गरेको भनेका छन् तर पुडासैनीको फेसबुक हेर्दा उनले काममा एकदमै रमायको देखिन्छ । अनि भिडियोमा जसलाई उनले कार्यलयमा बेलाबेलामा हातपात गरेको आरोप लगायका छन् उसैलाई यो र्निणयमा पुग्नमा उनको कुनै दोष छैन भनेका छन् ।

भिडियोमा उनले भनेको कुरालाई आधार मान्ने हो भने उनको डिप्रेसनको कारण कामको लोड वा ती युवती मात्र जस्तो देखिँदैन उक्त भिडमा पुडासैनीले आफ्नी श्रीमतीलाई सम्बोधन गर्दे आफूहरू बाट सन्तान हुन नसकेको र यसका बारेमा धेरैले प्रश्न गर्ने गरेको कुरा उल्लेख गरेका छन् जसले पनि उनलाई मानसिक तनाव दिइरहेको कुरा प्रस्ट हुन्छ । बैङ्कको लोन तिर्न नसक्नाले पनि उनलाई मानसिक पिडा भइरहेको कुरा भिडियोमा उल्लेख गरियको छ ।

अर्को महत्त्वपूर्ण कुरा यो भिडियोमा कहीँ पनि पुडासैनीले आफूले आत्महत्या गर्ने र्निणय गरेको कुरा कहीँ कतै पनि उल्लेख गरेको पाईदैन । यो भिडियो बनाएर पुडासैनी कहीँ कतै भाग्न चाहन्थे की ? कुरा जे पनि हुन सक्छ । तर अहिले सामाजिक सञ्जालहरूमा हामी जसरी आफै वकिल र न्यायाधीश भइरहेका छौ कसैले त्यो त्यति यत्ति सङ्गत देखिद्रैन घटना जे पनि हुन सक्छ तर कहीँ कतै पनि कसैमाथि पनि अन्याय हुन कदापि हुँदैन ।

विभिन्न सामाजिक सञ्जाल मार्फत पुडासैनी मृत्यु प्रकरणमा प्रहरीलाई जस्तो पनि सहयोग गर्न आफू तयार रहेको भनिरहँदा छापामार शैलीमा कार्यक्रम प्रसारण हुनु १ घण्टा पूर्व उनको कार्यकक्षबाट नै उनलाई प्रहरीले किन पक्राउ गर्‍यो ? कुनै पनि घटनामा कसेको पनि नाम मुछियपछि उ सँग सोधपुछ र उ माथि छानबिन गर्नु न्यायको सामान्य सिद्धान्त नै हो त्यसमा कुनै सन्देह रहेन तर पनि प्रहरीको एक कल फोनले प्रहरी कार्यलयमै पुग्न तयार रविलाई किन उनको कार्यकक्षमै गएर पक्राउ गरियो त ?

कतै हत्याराले एक तिरले दुई सिकार त गरिरहेको छैन ? अब सबै भन्दा पहिले प्रहरी पुडासैनीको मृत्युको कारण हत्या की आत्महत्या अनुसन्धानलाई त्यस तर्फ बढी केन्द्रित गर्नु पर्ने जरुरी देदिन्छ यदि पुडासैनीको मृत्युको कारण आत्महत्या नै रहेछ भने उनको आत्महत्याका लागि रविले दुरुत्साहन गरेका रैछन् भने उनी माथि हदै सम्मको कारबाही होस् हैन उनको मृत्युको कारण आत्महत्या नभएर हत्या रहेछ भने हत्यारा जो कोही भएता पनि उम्किन नपाओस् । मृतक पत्रकार पुडासैनीको आत्मा लाई शान्ति मिलोस् हार्दिक श्रद्धान्जली ।