अन्तराष्ट्रिय स्वर्ण पदक विजेता पूनममाथि भारतमा आक्रमण - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अन्तराष्ट्रिय स्वर्ण पदक विजेता पूनममाथि भारतमा आक्रमण



बाराणसी। अस्‍ट्रेलियाको गोल्ड कोस्टमा आयोजित कमनवेल्थ खेलमा भारतलाई स्वर्ण पदक दिलाएकी पूनम यादव र उनकी सानीमाकी छोरी बहिनीमाथि भारतको वाराणसीमा शनिबार आक्रमण भएको छ ।

शनिबार पूनम आफ्नी सानीमाको घरमा गएकी थिइन । त्यही समयमा छिमेकीसँग सानीमाका घरका मानिसहरुको झगडा भयो । अनि कुटपीट पनि । पूनमलाई पनि छिमेकीका मानिसले ईट्टा र ढुंगा हानेर कुटपीट गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुबीच शनिबार बिहान विवाद भएको थियो । दिउसो जब पूनम त्यहाँ पुगिन अनि मारपिट शुरु भएको बताइएको छ । घटनाबारे बहिनीले पूनमलाई गाउँका प्रधान र छिमेकी मिलेर ईट्टा, ढुंगा र लठ्ठीले उनी माथि अक्रामण गरेका भएको थियो । दिउँसो पूनम पुगेपछि फेरि विवाद भयो र आक्रमण पनि ।

बचाउन जादा पूनमलाई पनि ईट्टा र ढुंगाले हानेर घाइते बनाइएको बताइएको छ । पूरानो विवादका कारण उनीहरुबीच मारपिट भएको बताइएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान गरिरहेको बताएको छ ।

अस्ट्रेलियाको गोल्डकोस्टमा जारी २१ औं राष्टमण्डल खेलमा पूनमले वेटलिफ्टिंग में ६७ किलोग्राम तौल समूहमा स्वर्ण पदक जितेकी थिइन । पूनमले कुल २२२ किलोग्राम (स्नैचमा १०० किलोग्राम, क्लीन एण्ड जर्कमा १२२ किलोग्राम ) किलोको तौल उठाएकी थिइन । यो जारी खेलमा यो भारतको पाँचौं र कूलमा सातौं स्वर्ण पदक हो ।

स्वर्ण पदक जितेर फर्किएका पूनमको शुक्रवार वाराणसीमा भव्य स्वागत भएको थियो । सो अवसरमा पूनम भनेकी थिइन, ‘देशका लागि स्वर्ण पदक जित्दा गर्वको अनुभूति भएको छ । यो पदक देश र वाराणसीप्रति समर्पित छ ।

पवाराणसी शहरबाट करीब सात किलोमीटर टाढा बसे दादूपुर गाउँमा पूनमको घर छ । त्यही गाउँमा जन्‍िमइन र हुर्किबढेकी पूनमले उत्कृष्ट प्रदर्शन गर्दै २२२ किलोग्राम तौल उठाएर देशका लागि स्वर्ण पदक जितिन् ।