पुनःनिर्माण तथा पुनःस्थापनाका लागि महिला वर्गको सूची कम - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पुनःनिर्माण तथा पुनःस्थापनाका लागि महिला वर्गको सूची कम



काठमाडौँ,  पुस १६ गते  । भूकम्प प्रभावित क्षेत्रका विभिन्न जिल्लामा पुनःनिर्माण तथा पुनःस्थापनाका लागि महिला वर्गको सूची कम रहेको पाइएको छ । ‘सबैका लागि न्याय’ नामक सामाजिक संस्थाले काठमाडौँ, सिन्धुपाल्चोक र दोलखामा स्थलगत अध्ययन गरी प्रतिजिल्ला २०० जनाको नमुना लिएर बनाएको प्रतिवेदनमा पुरुषको तुलनामा महिलाको सूची कम भेटिएको छ ।

करिब एक वर्षको समयावधि लगाएर गरिएको सो अध्ययनबाट बनाइएको प्रतिवेदनमा प्रभावित क्षेत्रका छ सयमध्ये दुई सय ८० पुरुष तथा एक सय ९९ महिला सूचीकृत रहेको र बाँकी रहेका केही प्रक्रिया नबुझेर छुटेका छन् ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा प्रतिवेदन सार्वजनिक गर्दै संस्थाका संयोजक रत्नकाजी वज्राचार्यले पीडितलाई बस्नका लागि सरकारले दिएको रु ५० हजार लिनका लागि दुई सय ७८ जनाले सम्झौता गरेको जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष शर्मिला श्रेष्ठले लैङ्गिक तथा सामाजिक समावेशिताको दृष्टिकोणले पुनःनिर्माण प्रक्रियामा छुटेकाहरुलाई पनि समावेश गर्न माग गर्नुभयो । रासस