वर्षमान पुनलाई के भएको हो ? किन लगिँदैछ थाइल्याण्ड ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

वर्षमान पुनलाई के भएको हो ? किन लगिँदैछ थाइल्याण्ड ?



काठमाडौं- नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनको स्वास्थ्य अवस्था जटिल बनेको छ । उनलाई थप उपचारका लागि बुधबार थाईल्याण्डको बैंकक लैजाने तयारी भैरहेको छ ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । लामो समयदेखि जण्डिस रोगबाट पिडित नेता पुनलाई पछिल्लो साता स्वास्थ्यमा समस्या आएको थियो । उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै नेता पुनलाई बैंकक गएर थप उपचार गराउन सुझाव दिएका थिए ।

अध्यक्ष प्रचण्डको सल्लाहापछि थप उपचारका लागि बैंकक लैजाने तयारी गरिएको नेता पुनका स्वकीय सचिव सन्तोष पुनले जानकारी दिए ।

के भएको हो पुनलाई ?

नेता पुनलाई पहिले देखिनै जण्डिस बल्झिने समस्या थियो । हाल पनि जन्डिसको मात्रा बढेको र भोमिट हुने, ज्वरो आउने जस्ता समस्या देखिएपछि उनलाई अस्पताल लागिएको थियो । तर जण्डिसको मात्रा नघटेकाले अध्यक्ष प्रचण्ड नेता पुनलाई भेट्न हिजो उनको निवास पुगेका थिए ।

झण्डै दुई वर्षअघि पनि नेता पुन जण्डिसका कारण गम्भिर विरामी परेर थाईल्याण्डको बु्रमुङगार्ड अस्पतालमा उपचारका लागी लगिएको थियो । त्यहाँ उनको झण्डै एक महिना उपचार गरेपछि नेपाल ल्याईएको हो ।

अहिले पनि पुनलाई पुरानै रोग बल्झिएको बताइएको छ । नेता पुनलाई बंशानुगत रुपमा संक्रमण भएको जण्डिसको रोग विगतमा काठमाडौंको ग्रण्डी अस्पचालमा समेत उपचार भएको थियो । ग्राण्डि अस्पतालले भारतको समितिभेज अस्पतालमा सिफरिस गर्यो । समितिभेजमा पनि उपचार सफल हुन नसकेपछि बैंकक लगिएको थियो ।

सुमेरु अस्तालकाका डा.युवराज शर्माको टोलीले केही औषधी चलाइएपछि जण्डिसको मात्रा केही घटेपनि अन्य समस्या देखिन थालेपछि बैंकक लैजाने तयारी गरिएको हो । पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका नेता पुन बुधबार विहानै श्रीमती तथा पूर्वसभामुख ओनसरी घर्तीका साथ बैंकका लागि उड्नेछन् ।