पूर्व माओवादी नेताहरू प्रधानमन्त्री ओलीसँग रुष्ट - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पूर्व माओवादी नेताहरू प्रधानमन्त्री ओलीसँग रुष्ट



काठमाडौं । जनता समाजवादी पार्टी सरकारमा जाने भएपछि प्रधानमन्त्री ओलीलाई अप्ठ्यारोमा साथ दिंदै आएका पूर्वमाओवादी नेताहरू असन्तुष्ट बनेका छन् । सर्वोच्च अदालतले मन्त्रीबाट पदमुक्त गरेका सातजना नेताहरूलाई प्रधानमन्त्री ओलीले फेरी मन्त्री बनाउने बचन दिएका थिए ।

मन्त्रीमण्डलमा ब्यापक हेरफेर गर्दा पनि आफूहरूलाई दिएको वचन पुरा नगरेको भन्दै उनीहरू असन्तुष्ट बनेका हुन् । जसपाका नेताहरुलाई मन्त्री नबनाउन पूर्व माओवादी नेताहरुले गरेको आग्रहलाई प्रधानमन्त्री केपी ओलीले अस्वीकार गर्दै आफूहरूलाई भन्दा बढी भाग दिएको भन्दै उनीहारूले चित्त दुखाएको एक नेताले बताएका छन् ।

मन्त्रिमण्डल पुनर्गठन अघि प्रधानमन्त्री ओलीसंग पूर्वमाओवादीका नेताहरूको छलफल भएको र ओलीले उनीहरूको खासै कुरा नसुनेको भन्दै गुनासो गरेका छन् । ओलीसँगको छलफलमा रामबहादुर थापा बादलसहितका नेताले एमालेमा माधव नेपालसँग पनि छलफल चलिरहेको भन्दै जसपालाई तत्काल सरकारमा नलान आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीले फेरी मन्त्रीमा फर्काउने बचन दिएर मन्त्री क्वाटर समेत नछाड्न आग्रह गरेकै कारण उनीहरूले क्वाटर समेत छाडेका छैनन् । एकातिर पूर्ण फैसला नआउंदै उनीहरूलाई दिएका मन्त्रालय समेत जसपालाई दिनु र अर्कातिर मन्त्रिमण्डलमा व्यापाक हेरफेर गर्दा पनि आफ्ना कुरा खासै नसुनेका कारण पूर्वमाओवादी नेताहरू रुष्ट बनेका छन् ।

पार्टीमा विवाद चर्किएर आफ्नैले साथ् नदिएका बेला पूर्व माओवादीका नेताहरु रामबहादुर थापा बादल, लेखराज भट्ट, मणि थापा, टोबहादुर रायमाझीसहितका पूर्व माओवादी नेताहरुले अप्ठ्योमा ओलीलाई साथ दिएका थिए । एमालेकै नेताहरुले ओलीलाई साथ नदिंदा यी नेताहरुले खुलेर ओलीलाई साथ दिएका उनीहरूका कुरा ओलीले अहिले खासै सुन्दैनन् ।

कतिपय नेताहरूले अदालतको आदेशमा पनि ओलीको सुनियोजित योजना भएको बताउने गरेका छन् । पछिल्ला गतिविधिले उनीहरूए सामुहिक रूपमा बाम एकताको कुरा उठाउने योजना बनाएको स्रोतले बताएको छ ।