पूर्वराजा ज्ञानेन्द्र शाहले पनि मतदान गर्दै-भोट राप्रपालाई कि एमालेलाई ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पूर्वराजा ज्ञानेन्द्र शाहले पनि मतदान गर्दै-भोट राप्रपालाई कि एमालेलाई ?



वैशाख ३० काठमाडौं ।

 

आईतबार हुन गईरहेको स्थानिय तह निर्वाचनमा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि मतदान गर्ने भएका छन् । राजसंस्था हटेपछि आम सर्वसाधारणको हैसियतमा रहेका पूर्वराजा शाहले राष्ट्रिय हितका लागि आफ्नो मतले पनि महत्वपूर्ण काम गर्न सक्ने सोचले मतदान गर्न लागेका हुन् ।

आफुले मतदान गर्ने बिषयमा औपचारिक जानकारी नदिएपनि शाहले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले मध्य एउटा पार्टीलाई मत हाल्ने निर्मल निवास स्रोतले जनाएको छ । स्रोतका अनुसार पूर्वराजा शाह मतदानका बिषयमा आफू निकट सहयोगीसंग छलफल गरिरहेका छन् ।