कहाँ हराए लुम्बिनी पुगेका पाकिस्तानी पूर्व सैनिक ? पाकिस्तान सरकारद्वारा खोजिका लागि दवाव - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

कहाँ हराए लुम्बिनी पुगेका पाकिस्तानी पूर्व सैनिक ? पाकिस्तान सरकारद्वारा खोजिका लागि दवाव



काठमाडौं, २७ चैत

 

नेपाल आएका पाकिस्तानी पूर्व सैनिक मोहम्मद हबिब जाहिर सम्पर्क विहिन भएका छन् । बुद्ध एयरको विमान चढी भैरहवा गएका पूर्व सैनिक लेफ्टिनेन्ट कर्णेल मोहम्मद हबिब जाहिर बिहीबारदेखि सम्पर्क विहिन भएका हुन् ।

भैरहवा बिमानस्थलबाट उनि लुम्बिनी गएको र त्यहिँ बाट हराएको प्रहरी अनुसन्धानबाट जानकारी आएपनि त्यसपछि उनि कहाँ गए पत्ता लागेको छैन । बिहिवारबाट उनि सम्पर्कमा नआएपछि जाहिरका आफन्तले पाकिस्तानी सरकारलाई उनि नेपालमा हराएको बताए पछि पाकिस्तानी सरकारले नेपालमा जाहिर हराएको र खोजि दवाव दिईरहेको छ । पाकिस्तानी समाचार माध्यममा पनि बिभिन्न शिर्षकमा नेपालमा मोहम्मद हबिब हराएको कुरालाई प्रमुख समाचार बनाईएको छ ।

नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले जाहिर हराएको भन्ने जानकारी प्रप्त हुनासाथ लुम्बिनी प्रहरीलाई खबर गरी खोज्न आदेश दिएका थिए ।