पूर्वगृहमन्त्री शाहीको निधन - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पूर्वगृहमन्त्री शाहीको निधन



काठमाडौं । पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन भएको छ । शाहीको ७६ वर्षको उमेरमा ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

शाहीको पारिवारिक स्रोतले आइतबार बिहान ७ बजेर ५ मिनेट जाँदा उनको मृत्यु भएको जनाएको छ । श्वासप्रश्वास, मुटु रोगसँगै दुवै मिर्गाैला फेल भएर डाइलाइसिस् गर्दै आएका शाही अढाइ महिनाअघि अस्पताल भर्ना भएका थिए ।

लामो समय निजामति सेवामा बिताएका शाहीले अञ्चलाधीश, प्रमुख जिल्ला अधिकारी भएर काम गरेका थिए । डोटीकाे मुम्राकोट घर भएका शाही तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका गृहमन्त्री थिए । उनको आजै पशुपति आर्यघाटका अन्तिम दाहसंस्कार गरिने भएको छ ।