बादल बस्नेतको संयोजकत्वमा अन्तरास्ट्रिय नेपाली बिध्यार्थी संघ-भारतको पूर्ण समिति गठन - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बादल बस्नेतको संयोजकत्वमा अन्तरास्ट्रिय नेपाली बिध्यार्थी संघ-भारतको पूर्ण समिति गठन



हिमाल पोष्ट/ नयाँ दिल्ली

भारतको नयाँ दिल्ली स्थित संयोजक मोहन राउतको विशेष उपस्थितिमा नयाँ शक्ति नेपाल पार्टीको नीति, उदेश्य, यसका भबिस्य र बिध्यार्थीहरुले खेल्नु पर्ने बताएका छन्।  भारत  भरी उच्च  शिक्षा अध्ययन गरिरहनु भएका बिध्यार्थीहरुको  बिचमा बादल बस्नेत र राजु भट्टराईको सक्रियता र नयाँ शक्ति नेपालका अन्तरिम परिसद सदस्य एवम भारत प्रवासका कर्तब्य र भुमिकाको बारेमा छलफल  चलाइयो।

यस छलफलमा भारत प्रवासमा अध्ययनरय बिध्यर्थीहरुलाई सङठित गरि अन्तर्राष्ट्रिय नेपाली समाज भारतको मातहतमा नयाँ शक्ति बिध्यार्थी युनियनको भातृ सङठन “अन्तरास्ट्रिय नेपाली बिध्यार्थी संघ-भारत” नामान्करण गरियो। सि.ए बिध्यार्थी बादल बस्नेतको संयोजकत्वमा २ रिक्त पद सहितको ११ सदस्यीय केन्द्रिय सम्पर्क समितिको निर्माण भएको छ।जसमा सदस्यहरुमा दिल्ली बाट राजु भट्टराई, कविन्द्र जोशी, र सम्राट थापा।ब्याङलोर बाट बिदुर लामिछाने र नवराज बस्याल, माहारस्ट्र बाट सुमित्रा सुनार, गोवा बाट अमोद क्षत्री र पन्जाब बाट महेन्द्र खड्का रहनु भएको छ। र अन्त्यमा निकट भबिस्यमा भारतमा हुनगइरहेको अन्तरास्ट्रिय नेपाली समाज भारतको राष्ट्रियभेलालाई भब्य रुपमा सफल पार्ने निर्णय भयो।