संचारकर्मी ठकुरीको 'पुर्णिमाको जुन' सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

संचारकर्मी ठकुरीको ‘पुर्णिमाको जुन’ सार्वजनिक (भिडियो सहित)



काठमाडौं । संचारकर्मी लोकु सिंह ठकुरीको अभिनय रहेको “पुर्णीमाको जुन” म्युजिक भिडियो सार्वजनिक भएको छ । बुढा सुब्बा डिजिटल युट्युव मार्फत उक्त म्युजिक भिडियो गत शुक्रबार सार्वजनिक गरिएको हो ।

नन्द सिंह कोलिको शब्द संगित रहेको गितमा कमल सिंह र शान्ति बिसिको आवाज रहेको छ भने सुनिल सागरले गितमा एरेन्ज भरेका हुन् ।

चर्चित निर्देशक रमेश बिजुलीको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा ठकुरीलाई गायिका शान्ता बिसिले अभिनयमा साथ दिएकी छिन् । सुनिल सागरको छायांकन तथा तितास बाइगराको सम्पादन रहेकोे उक्त म्युजिक भिडियो कैलालीको गोदावरी लगायतका विभिन्न स्थानमा छायांकन गरिएको छ ।

युवक युवतीको मायालाई जातिय विभेदको आधारमा एक अर्काको परिवारले स्वीकार नगरेको र अझै पनि जातीय विभेद कायम गरिरहेको उक्त म्युजिक भिडियोले देखाएको निर्देशक बिजुलीले बताए । उसो त मोडल ठकुरी यस अघि देखी कै कलाकर्मी हुन । राना थारु भाषाको चलचित्र मिलन, चारु भाषाको चलचित्र सच्चा प्यार, नेपाली टेली चलचित्र अठोट संगै थुुप्रै म्युजिक भिडीयाकोे समेत सफल निर्देशन गरिसकेका ठकुरी सर्जक पनि हुन । उनले सृजना गरेका गितहरु ललिपप, सासुु भन्या हु, डिजे बजाको, आउन माया घुुम्नलाई धनगढी, रौसी पिउने हो, आउन पाईन घरमा लगायतका थुप्रै गितहरु समेत बजारमा छन । शब्द सृजना, निर्देशन र अभियनलाई संगै अघि बढाएका ठकुुरीले केही गितहरुमा यस अघि पनि अभिनय गरि सकेका छन ।

भिडियो हेर्नुहोस :