पुरुषले बच्चा जन्माएर स्तनपान गराएपछि… - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

पुरुषले बच्चा जन्माएर स्तनपान गराएपछि…



कुनै ट्रान्सजेन्डर (लिङ्ग पहिचान नभएका)ले बच्चा पाउने र स्तनपान समेत गराइराखेका छन् भन्दा अचम्म लाग्न सक्छ । तर, यस्तो घटना अमेरिकाको बोस्टनमा भएको छ । यो घटना इभानको हो जो केटीका रूपमा जन्मे । तर १६ वर्षको उमेरमा उनलाई थाहा भयो कि उनी ट्रान्सजेन्डर हुन् । यसपछि उनले आफ्नो हर्मोेन सम्बन्धी केही शल्यक्रिया गराए तर उनले स्तन लगायतका केही अङ्ग हटाउन चाहेनन् । पछि उनले आफ्नो ‘पार्टनर’सँग छलफल गरेर बच्चा जन्माउने निधो गरे ।

उनमा भएको केही असहजताका कारण उनले कृतिम गर्भधारणको माध्यमबाट बच्चा जन्माउनेबारे सोचे । आफैँ बच्चा जन्माएर स्तनपान गराउने उनको निचोड थियो । जब उनको गर्भमा बच्चा हुक्र्यो, त्यसपछि उनले पुरुषमा हुने हर्मोनको इन्जेक्सन लिन बन्द गरे । उनले यसो गर्नुको कारण थियो, यसो गर्दा सम्पूर्ण रूपमा गर्भमा रहेको बच्चालाई प्राकृतिक रूपमा पाल्न सकियोस् । उसो त ट्रान्सजेन्डर्सवालाहरुले आमा बन्ने फैसला लिनु आफैँमा अत्यन्त गम्भीर विषय हो तर इभानको गर्भावस्थामा खरावी आएनन् ।

कतिपय यस्तो अवस्था पार गर्नेहरु डिप्रेशनको सिकार समेत बन्न सक्छन् । अहिले इभानले आफ्नो बच्चालाई दूध चुसाइरहेको तस्वीर सामाजिक सञ्जालमा व्यापक भएको छ । यो तस्वीरलाई उनकी बहिनीले इन्स्टाग्राममा शेयर गरेकी हुन् । एक पुरुषको रूपमा भएको मान्छेले यसरी महिलाको भूमिका निर्वाह गरेपछि उनलाई अनेक प्रश्नहरू समेत गरिएका छन् । यसमा उनको उत्तर छ , ‘मलाई थाहा छ कि म इभान हुँ । मैले यस्तो जिम्मेवारी समेत निर्वाह गर्न पाउँदा मलाई गौरवबोध भएको छ ।’ इभानजस्ता मान्छे संसारमा कमै हुन्छन् । उनको यो जिम्मेवारीले महिला र पुरुषबीच सदियौँदेखि हुने गरेका विभेदका बीचमा केही सवालहरू अवश्य नै उठाइदिएको छ ।