पूर्व पत्रकार भुसाल विवेकशील साझाबाट उम्मेदवार - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

पूर्व पत्रकार भुसाल विवेकशील साझाबाट उम्मेदवार



हिमाल पोस्ट /अर्घाखाँची २६ 

अर्घाखाँची जिल्लामा लामो समय पत्रकारिता गरी हाल केही समय अघिबाट सक्रिय पत्रकारिता सुरु गरेका हरि  प्रसाद भुसाल समानुपातिक उम्मेदवार सिफारिस भएका छन् ।

नेपाल पत्रकार महासङ्घको सदस्यता त्याग्दै राजनीतिमा प्रवेश गरेका भुसाललाई विवेकशील साझा पाटीृले प्रदेश संसद्को लागि अर्घाखाँची जिल्ला क्षेत्र नं. १ बाट समानुपातिक उम्मेदवारको रूपमा सिफारिस भएका हुन् ।

सुसंस्कृत राजनीति आवश्यक भएको भन्दै सुरु गरिएको विवेकशील साझा पार्टीले अर्घाखाँची जिल्लाबाट प्रतिनिधि सभामा समानुपातिक उम्मेदवारको रूपमा विष्णु मिश्रलाई अगाडी सारेको छ भने क्षेत्र नं. २ को प्रदेश सांसदको लागि समानुपातिक तर्फ गणपती भुसाललाई अगाडी सारिएको छ ।