पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, हिशिला यमीलगायतका नेता पक्राउ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, हिशिला यमीलगायतका नेता पक्राउ



हिमाल पोस्ट /काठमाडौं

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई, हिशिला यमीलगायतका नेता पक्राउ परेका छन् । प्रहरीले निर्वाचन आयोग घेराउ गर्न पुगेका भट्टराईसँगै बैद्य माओवादीका नेता सीपी गजुरेल लगायतलाई पनि पक्राउ गरेको छ ।

उनीहरुलाई ट्रकमा हालेर अहिले प्रहरी कार्यालयतर्फ लगिएको नयाँ शक्तिका नेता विश्वदीप पाण्डले बताए

जुलसससहित धर्नाका लागि अयोगको केन्द्रीय कार्यालय बहादुरभवनतर्फ अघि बढेका भट्टराईसहितका नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

दलीय चुनाव चिन्ह माग गर्दै नयाँ शक्तिसहित ६४ दलले निर्वाचन आयोगमा धर्ना दिएका हुन् ।