पूर्वमन्त्री यादव वडा सदस्यमा निर्वाचित ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

पूर्वमन्त्री यादव वडा सदस्यमा निर्वाचित !



असोज ९, काठमाडौं-

पूर्वविना विभागीय मन्त्री राजलाल यादव सिरहाको भगवानपुर गाउपालिकाको वडा सदस्यमा निर्वाचित भएका छन् । भगवानपुर गाउपालिकाको वडा नम्बर ३ को सदस्यमा उनी निर्वाचत भएका हुन् ।

उनले सदस्य पदमा ८ सय ७८ मत पाएका छन् । उक्त वडामा खसेको २ हजार ७ सय २१ सदर मत मध्ये उनले ८ सय ७८ मत मात्रै पाएका छन् । उनकै पार्टीबाट सदस्यमै उम्मेदवारी दिएका अरुण कुमार यादवले ९ सय ८ मत पाएका छन् ।

राजलाल यादव पूर्वविना विभागिय मन्त्री भएपनि उनको आफ्नै वडामा समेत अत्यधिक मत पाउन सकेनन् । संघीय समाजवादी फोरम नेपालबाटै उक्त वडाका लागि सदस्य पदमै उम्मेदवारी दिएका अरुण कुमार यादवले पूर्व विना विभागिय मन्त्री यादव भन्दा बढी मत ल्याएका छन् ।