पूर्वराजा ज्ञानेन्द्रद्वारा महायज्ञमा एक लाख सहयोग - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पूर्वराजा ज्ञानेन्द्रद्वारा महायज्ञमा एक लाख सहयोग



रत्ननगर (चितवन), फागुन ९

पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार नारायणगढमा जारी विराट गोरक्षा महायज्ञमा रु एक लाख सहयोग गर्नुभएको छ । पत्नी कोमलको जन्मोत्सव मनाउन चितवन आउनुभएका उहाँले आइतबार नारायणी किनारमा जारी महायज्ञमा पूजाआजा गरी रु एक लाख सहयोग गर्नुभएको हो ।

महायज्ञ परिसरमा उहाँले गौ पुजनसँगै बज्राचार्य, लामा र हिन्दू धर्मालम्बीले गरिरहेका छुट्टाछुट्टै हवनकुण्डमा पूजा गर्नुभएको मूल आयोजक समितिका संयोजक पदमराज पाण्डेले जानकारी दिनुभयो ।

पत्रकारले सोधेको एक प्रश्नमा पूर्वराजा शाहले भन्नुभयो, “हिन्दू राष्ट्र बोल्ने कुरा होइन, मनमा राख्नुपर्छ ।” महायज्ञमा पूर्वराजा र पूर्वरानी कोमललाई सर्वसाधारणले स्वागत गरेका थिए ।

शनिवार कोमलको जन्मोत्सव पश्चिम चितवनको बाराही रिसोर्टमा मनाइएको पूर्वराजाका निजी सचिव सागर तिमिल्सिनाले बताउनुभयो । गौ सेवाकोष स्थापनार्थ हिन्दू ओमकार भोलिन्टियर्सद्वारा फागुन ३ बाट सुरु भएको महायज्ञ शिवरात्रिका दिन फागुन १३ गतेसम्म चल्नेछ । रासस