गायक पुस्कल शर्माको मुटु जलाई-जलाई भाग ४ "म मरेको छैन" सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गायक पुस्कल शर्माको मुटु जलाई-जलाई भाग ४ “म मरेको छैन” सार्वजनिक (भिडियो सहित)



समिर प्रकाश पाण्डे

नेपाली गीत संगितको बजारमा एक पछि अर्को गित बाट चर्चा बटुल्दै अाएका गायक तथा मोडल पुस्कल शर्मा केहि समय अगाडि मुटु जलाई-जलाई भाग: -३ मलामी गित बाट निकै विवादमा तानिएका थिए ।

अाफु मरेको समचार संप्रेशन गर्न लगाएको र अग्रज कलाकार को प्रयोग गरि मृत्यु पछिको पुस्कलको बारेमा स्मरण गर्न भनि भिडियो निर्माण गरेको भन्दै तर्क बितर्क ले केहि समय संङगितिक बजारलाई राम्रै संग तताएको थियो भने यता पुस्कल ले अाफ्नो फेसबुक एकाउण्ड तथा केहि मिडियाबाट जुन समाचार अाएको छ त्यो सत्य नभएको भन्दै सबैमा जानकारी गराएका थिए । यसैबिच बिवादमा मिछिएका गायक शर्मा ले दर्शक श्रोता माझ अाज मात्रै मुटु जलाई-जलाई भाग:-४ ” म मरेको छैन ” सार्वजनिक गरेका छन, उनले हिमाल पोष्ट संग को कुराकानीमा भने म मरेको छैन मैले एउटा सपनालाई गित मार्फत बजारमा ल्याएको थिए तर मलाई धेरै अारोप लाग्यो त्यो सबै यो गितमा समेट्न खोजेको छु ।

शर्मा कै लय, शब्द , स्वरमा रहेको गितको भिडियोमा शर्मा र नायिका तथा मोडल रन्जिता गुरुङलाई देख्न सकिन्छ । उक्त  भिडियोलाई मन्दिर म्युजिक प्रा.लि ले बजार व्यवस्थापन गरेको छ । हेरौ भिडियो ।