पोखरामा सेतो पुतलीको आतङ्क- सचेत रहन डाक्टरको सुझाव - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पोखरामा सेतो पुतलीको आतङ्क- सचेत रहन डाक्टरको सुझाव



कास्की । दुई सातादेखि पोखरा र आसपासका क्षेत्रमा फैलिएको सेतो पुतलीको संक्रमणबाट बच्न चिकित्सकहरूले सुझाएका छन् । पोखरामा केही दिनयता सेतो पुतलीको संक्रमणबाट आँखा र एलर्जीको समस्या लिएर अस्पतालमा पुग्ने बिरामीको संख्या बढेपछि चिकित्सकहरूले सावधानी अपनाउन सुझाव दिएका हुन् ।

चिकित्सकका अनुसार सेतो पुतलीको कारण आँखामा लाग्ने गम्भीर रोग देखापरेको छ । आँखाको समस्या लिएर आँखा अस्पताल पुग्ने अधिकांश बिरामीमा सेतो पुतलीको झुस आँखामा परेपछि लाग्ने सापु (सिजनल हाइपरएक्युट पनुभिआइटिस) को असर देखिएको हिमालय आँखा अस्पताल पोखराका प्रमुख डा.इन्द्र महर्जनले बताए ।

यस वर्ष सेतो पुतलीको झुसको संक्रमणले आँखामा असर गरेका आधा दर्जनभन्दा बढी बिरामी अस्पतालमा आएको डा. महर्जनले जानजकारी दिए ।
५ वर्ष मुनिका बालबालिकामा सेतो पुतली संक्रमण बढी हुने हुँदा यसबाट जोगाउन उनले आग्रह गरे । ‘सेतो पुतलीका कारण आँखामा लाग्ने सापु रोग यस्तो रोग हो, जसले समयमै अस्पताल नगए दृष्टि नै गुम्न सक्छ,’ उनले भने, ‘सेतो पुतलीको झुस आँखामा पसेको शंका लाग्ने बित्तिकै वा आँखामा कुनै असर देखापरेमा तुरुन्त आँखा अस्पतालमा जाँच गराउनु पर्छ ।’

सेतो पुतली संक्रमण भएमा आँखा रातो हुने, दुख्ने र आँखा बन्दको बन्दै हुने समस्या देखा पर्दछ । यस्तो चिह्न र लक्षण देखिएका तत्कालै आँखा अस्पताल गएर चिकित्सकलाई देखाउन उनले सुझाए ।

सेतो पुतलीबाट संक्रमित बिरामीलाई समयमै (२४ घण्टाभित्र) उपचारका लागि आँखा अस्पताल पु¥याएको अवस्थामा उपचार सम्भव हुने डा.महर्जनले बताए । अभियानबाट