पुतली बजार नगरपालिकाको उप मेयरमा राप्रपाको तर्फबाट हिकमत जंग कार्कीको उमेदवारी घोषणा। - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

पुतली बजार नगरपालिकाको उप मेयरमा राप्रपाको तर्फबाट हिकमत जंग कार्कीको उमेदवारी घोषणा।



 हिमाल पोष्ट / स्याङ्जा,चैत्र २४ गते।

जिल्ला पुतली बजार नगरपालिका वडा नं ५ पौवै गौंडेमा जन्मिनु भएका राप्रपाका जुझारू,लोकप्रिय यूवा नेता हिकमत जंग कार्की बिद्यार्थी जीवन काल देखि नै नेपालको राजनितिक यात्रामा होमिएका एक कुशल नेता हुन।

कार्कि राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष तथा पार्टी केन्द्रिय सदस्य मदन बहादुर कार्कीका छोरा हुन।नेपालको राजनितिलाई नजिकैबाट अवलोकन गरी रहेका कार्कीलाई २०७४ साल बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट पुतली बजार नगरपालिकाको उप मेयरमा उमेदवारी दिनका लागि जिल्ला स्थित नगर कमिटीले केन्द्रिय कार्यालयमा शिफारीस गरी सकेको हुँदा कार्की नै उप मेयरको लागि उठ्ने पक्का पक्की नै भई सकेको हो साथै जिल्लामा आगामी निर्वाचनलाई दृष्टिगत गर्दै अन्य राजनितिक दल एमाले र काँग्रेससंग पनि समिकरण गर्दै अगाडी बढ्नका लागि कार्कीले सक्रियता बढाई सकेका छन।

कार्की स्याङ्जा जिल्ला कमिटीमा रहेर काम गरिसकेका हुन भने हाल राप्रपाका यूबा संगठनका केन्द्रिय सचिव समेत हून। पार्टीको हालै सम्पन्न भएको एकता महाधिवेशनमा १५७ जना खुल्ला सदस्य तर्फको निर्वाचनमा ४० जनाको सीट संख्यामा ६६८ मत प्राप्त गरेर ४५औं नम्बरमा आउन सफल भएका थिए।
यूबाहरू माँझमा लोकप्रिय कार्कि स्पष्ट बक्ता एवम बिकास प्रेमी यूबानेताको रूपमा आफ्नो परिचय बनाउन सफल भई सकेका छन।स्याङ्जा जिल्लालाई पर्यटकिय गन्तब्यको रूपमा बिकास गर्ने र जलबिधुत आयोजनाहरूको सम्भावना पनि प्रचुर भएकोले त्यसको सम्भाब्यतालाई अध्यन गरेर काम गर्ने दृष्टिकोण कार्किले राख्नु हुन्छ।आगामी निर्वाचनमा उपमेयरमा विजयी भएमा स्याङ्जाको बिकासलाई यूद्ध स्तरमा लैजाने समेत घोषणा गरेका छन। कार्की राप्रपा अध्यक्ष कमल थापा निकटका एक जुझारू साथै बिश्वासिलो यूवा नेता हुन।