रुसी राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल आउने चर्चा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल आउने चर्चा



काठमाडौँ– १७ वर्षपछि रूसमा मन्त्रीस्तरीय भ्रमण हुने भएको छ । नेपाल–रुस दुई पक्षीय सम्बन्ध ६ दशक पूरा गरेपनि ओझेलमा परेकोले प्राथमिकतामा पार्ने उद्देश्यका साथ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली त्यसतर्फ जान लागेका हुन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले रुसी राष्ट्रपति भ्लादीमिर पुटीनलाई नेपाल भ्रमणका लागि निम्तोसमेत दिनेछन्। भ्रमणमा ज्ञवाली र उनलाई आमन्त्रित गर्ने रुसका समकक्षी सर्गेई लाभ्रोभबीच दुई पक्षीय हितका मामिलामा वार्ता हुनेछ।

परराष्ट्र मन्त्रालयका अनुसार यही मंसिर ७ गते त्यसतर्फ जान लागेका मन्त्री ज्ञवालीको मंसिर ९ गते समकक्षी सर्गेईसँग दुई पक्षीय औपचारिक वार्ता हुनेछ।

वार्तामा नेपाल र रुसको आपसी हित, आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धबारे छलफल हुनेछ। यस्तै आंतकवाद, गरिबी लगायत नेपाल र रसियाका साझा मुद्दाबारे उनीहरुले छलफल गर्ने भ्रमणमा सहभागि हुन लागेका परराष्ट्रमन्त्रालयको युरोप र अमेरिका डिभिजनका सहसचिव निर्मल राज काफ्लेले जानकारी दिए।

रुस भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले त्यहाँका राष्ट्रपति पुटिनसँग भेट गर्नेछन् र राष्ट्रपति भण्डारीको नेपाल भ्रमणको निमन्त्रणा दिनेछन्।

परराष्ट्र मन्त्रालयले नेपालको निमन्त्रणा पश्चात उनि नेपाल आउने बिश्वास गरिएको बताएको छ ।