पुटिनको मलमुत्र र पिसाब पनि सुटकेशमा बोक्छन सुरक्षा गार्ड, यस्तो छ कारण - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

पुटिनको मलमुत्र र पिसाब पनि सुटकेशमा बोक्छन सुरक्षा गार्ड, यस्तो छ कारण



एजेन्सी- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको मलमुत्र र पिसाव उनका सहयोगीले सुटकेशमा बोक्ने गरेको खुलासा भएको छ । उनले यात्रा गर्दा रुसी संघीय सुरक्षा सेवा (एफपीएस)का कर्मचारीहरूले राष्ट्रपतिको मलमूत्र र पिसाब पकेटमा बोक्ने र एजेन्टहरूले त्यसलाई विशेष सुटकेशमा मस्को लैजाने गरेको गरेको खबर अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

फ्रान्सेली एक पत्रिकाले लेखेअनुसार संघीय सुरक्षा सेवाका कर्मचारीहरूले पुटिनको पूर्ण गोपनीयता अपनाउने गरेका छन् । सन् २०१७ मा फ्रान्सको भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति इमानुएल म्याक्रोँलाई भर्साइलमा भेटेपछि पुटिनले यस्तो अभ्यास गरेका थिए ।

तीव्र दबाबबीच रूसी दूतावासका कर्मचारीहरूलाई पुटिनबारे पूर्ण गोपनीयता कायम राख्‍न भनिएको थियो । शीर्ष रूसी अधिकारीहरूको सुरक्षाको लागि एफपीएसका एजेन्टहरू जिम्मेवार मानिन्छन् । पुटिनको स्वास्थ्यसँग सम्बन्धित विषयलाई गोप्य राख्‍न यस्तो गरिएको खुलासा भएको हो ।

युक्रेन युद्धदेखि नै रुसी राष्ट्रपतिको स्वास्थ्यबारे अनेक खबर आइरहेका छन् । एकातिर उनी अल्जैमरबाट पिडित भएको बताइएको छ भने केहीले उनी क्यान्सरबाट पीडित हुनसक्ने अनुमान गरेका छन्, यद्यपि यसबारे अहिलेसम्म पुष्टि भएको छैन ।

रुसी प्रशासन क्रेमलिनले पुटिनको स्वास्थ्बारे भएका कुराहरूलाई बारम्बार अफवाह बताइरहेको छ । फ्रान्सेली म्यागेजिनले सार्वजनिक गरेको रिपोर्टसँग मिल्ने एउटा घटनालाई केहीसमयअघि सेयर गरेको बीबीसीले जनाएको थियो, जहाँ दुई गार्डहरू एउटा विशेष सुटकेस बोकेर कोठाबाट बाहिर निस्केको र उनीहरूलाई पुटिन र अन्य दुई गार्डहरू पछ्याएको देखिन्छन् ।