तत्काल कोरोना खोप लगाउन राष्ट्रपति पुटिनको निर्देशन - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

तत्काल कोरोना खोप लगाउन राष्ट्रपति पुटिनको निर्देशन



काठमाडौँ- रुसी राष्ट्रपति भ्लादमिर पुटिनले कोरोना खोप प्रयोग गर्न निर्देशन दिएका छन् । उनले रुसमा अर्को सातादेखि खोपको प्रयोग गर्न निर्देशन दिएका हुन् ।

अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार राष्ट्रपति पुटिनले बुधबार अर्को सातादेखि मास भ्याक्सिनेसन सुरु गर्न निर्देशन दिएको बताएका छन् ।

पहिलो चरणमा स्वास्थ्य कर्मचारी र शिक्षकहरलाई खोप लगाइने रसिया टुडेले जनाएको छ ।

रुसको फर्मास्युटिकल उद्योगहरुले ठूलो संख्यामा खोप लगाउनका लागि तयारी अवस्था रहेको रुसी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रुसमा कोरोना विरुद्धको खोप निःशुल्क लगाइने बताइएको छ ।

गत अगस्टमा रुस कोरोना विरुद्धको खोप दर्ता गराउने पहिलो राष्ट्र बनेको थियो । उक्त खोपको नाम स्पुटनिक-५ दिइएको छ ।

बुधबार मात्रै बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोरोनाविरुद्धको खोपको आपत्कालीन प्रयोग अनुमति दिएको थियो ।

बेलायती नियमनकारी निकाय मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी(एमएचआरए) ले फाइजरको खोप सुरक्षित रहेको भन्दै प्रयोगको अनुमति दिएको हो ।