पौवा होटलको स्विमिङ पुलमा डुबेर एक युवकको मृत्यु - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पौवा होटलको स्विमिङ पुलमा डुबेर एक युवकको मृत्यु



रुपन्देहीको भैरहवास्थित होटल पौवाको स्विमिङ पुलमा डुबेर एक युवकको मृत्यु भएको छ।

स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका ६ बस्ने २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

शुक्रबार साथीहरुसँग पौडी खेल्न होटल पौवा पुगेका तुलाधर सवा ५ बजेतिर स्विमिङ्ग पुलमा डुबेका थिए। उनलाई उद्धार गरी अस्पताल लगिएपनि उपचारको क्रममा उनको मृत्यु भएको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए।

रुपन्देहीमा यो साता मात्रै स्वीमिङ्ग पुलमा डुबेर २ जनाको मृत्यु भइसकेको छ।

यस अघि मंगलबार तिलोत्तमा नगरपालिकामा रहेको बिगचियर रिसोर्टको स्विमिङ पुलमा डुबेर एक शिक्षकको मृत्यु भएको थियो।

साथीहरुसँग पौडी खेल्न जाँदा तिलोत्तमा १ घर भएका शिक्षक सन्दिप पौडेलको मृत्यु भएको हो । गर्मी बढेसँगै रुपन्देहीमा स्विमिङ जानेको संख्या बढेको छ।