प्याज किन्दा एकको मृत्यु - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

प्याज किन्दा एकको मृत्यु



एजेन्सी- भारतमा एक जना ५५ वर्षीय व्यक्तिको प्याज किन्न लाइनमा बसेको बेलामा मृत्यु भएको छ । घटना गएको सोमबारको हो ।

उनी आन्ध्रप्रदेशको स्थानीय गुडीभाडा रितु बजारमा प्याज किन्न लाइनमा बसेका थिए । ती व्यक्तिको नाम सम्बिय भएको जनाइएको छ । उनलाई हतार हतार अस्पताल लगिएकोमा बाटैमा मृत्यु भएको थियो ।

प्रहरीले उनलाई कार्डियाक एरेस्ट भएको जनाएको छ । प्रहरीले ती व्यक्ति रितु बजारमा बेहोस भएको जनाउँदै उनलाई हृदयाघात भएको उल्लेख गरेको छ ।

उनको परिवारका सदस्यका अनुसार उनी यसअघि देखि नै मुटुरोगका बिरामी थिए । सो घटनाको बारेमा प्रहरीमा कुनै उजुरी भने नपरेको जनाइएको छ । उनी प्याज किन्ने लाइनमा बसेको ५ मिनेटमै ढलेका थिए ।

उनलाई तत्कालै अस्पताल लगिएकोमा पुग्दा उनलाई चिकित्सकले मृत्यु भइसकेको जनाएका थिए ।

भारतमा खुला बजारमा प्याजको मूल्य प्रतिकेजी २ सय रुपैयाँ सम्म पुगेको छ । रितु बजारमा भने राज्य सरकारले सहुलियत मूल्य तोकेको छ ।