प्युठानको झिमरुकले दियो बजार अनुगमन लाई तिब्रता - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्युठानको झिमरुकले दियो बजार अनुगमन लाई तिब्रता



प्युठान : झिमरुक गाउँ पालिकाले आफ्नो क्षेत्र भित्रमा रहेका बजारहरु लाइ शनिबार अनुगमन गरेको छ । उपभोक्ताको स्वास्थ्य लाई ध्यानमा राख्दै खाध्य , किराना तथा औषधि पसलमा अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा विभिन्न पसलबाट बिस्कुट, दालमोट, चिजबल, मसला,चाउचाउ,मिठाई, चोखोपन,आटा,सुजिपिठो,तेल र औषधिसमेत गरि ५३ प्रकारका म्याद गुर्जेका सामाग्री बरामत गरिएको थियो । निरन्तर रुपमा अनुगमन गर्ने क्रममा झिमरुक गाउँपालिकाको बादिकोट, बाङेमरोट, ओखरकोट भित्र पर्ने बजार अनुगमन गरिएको हो ।

गाउँ पालिकाका कार्यकारी अधिकृत तारा किरण के सीको अगुवाइमा विभिन्न पसलहरुको अनुगमन गरिएको हो । टोलिको अगुवा के सी ले जनताको स्वास्थ्यलाई खेलबाड गर्न नहुने बताउनु भयो ‘उहाँले ब्यापारी लाई उपभोक्ताको स्वास्थ्य खेलबाड नगर्न र म्याद गुर्जेका सामाग्री बिक्रीवितरण नगर्न ब्यापारीलाई सचेत गराउनु भएको छ । ’

ब्यापारी ले ब्यबसाय संचालन गर्दा आफ्नो ब्यबसाय दर्ता गरेर मात्र संचालन गर्ने , सुर्तीजन्य पदार्थ र खाद्यान्न छुट्टाछुट्टै स्थानमा राखेर बिक्रीवितरण गर्ने, पसलमा मुल्यसुची राख्ने, नापतौल दुरुस्त देखिने गरि राख्ने, दर्ता नवीकरण गर्ने, खरिद बिक्री गर्दा बिल लिनेदिने गर्नु गर्नुपर्ने लगाएतको कुरामा समेत सचेत गराइएको थियो । साथै बरामद गरिएको सामग्री हिजो नै प्रहरी,उद्योग बाणिज्य संघ प्रतिनिधि, ब्यापारी, पत्रकार र स्थानीयको रोहवरमा नस्ट गरिएको हो ।