उद्घाटन खेलमै कतारको लज्जास्पद हार - Himal Post Himal Post
  • २ बैशाख २०८१, आईतवार
  •      Sun Apr 14 2024
Logo

उद्घाटन खेलमै कतारको लज्जास्पद हार



काठमाडौं । फिफा विश्वकप २०२२को आयोजक कतार उद्घाटन खेलमा इक्वेडरसँग २–० गोलको नतिजामा पराजित भएको छ ।

आईतबार अल ब्याट स्टेडियममा सम्पन्न खेलको १६औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै इक्वेडरले सुरुआती अग्रता बनाएको थियो ।

कतारका गोलकिपर साद अल्सिबले फाउल गरेपछि पाएको पेनाल्टिमा इकवेडरका कप्तान इनर भ्यालेन्सियाले गोल गरेका थिए ।

भ्यालेन्सियाले ३१औं मिनेटमा दोस्रो गोल गर्दै इक्वेडरको अग्रता २–० बनाएका थिए ।

पहिलो हाफमा लिएको अग्रतालाई खेलको अन्तिम समयसम्म कायम राख्दै इक्वेडरले विश्वकपको उद्घाटन खेलमा उत्कृष्ट जित निकालेको हो ।

जितसँगै समूह एमा तीन अंक जोड्दै इक्वेडर शर्षस्थानमा रहेको छ ।कतार विश्वकपको उद्घाटन खेल हार्ने पहिलो टिम बनेको छ ।