कतारमा रहने सम्पूर्ण नेपालीको आवाजलाई मेरो समर्थन छ!! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

कतारमा रहने सम्पूर्ण नेपालीको आवाजलाई मेरो समर्थन छ!!



कतारमा रहनु हुने आदरणीय राष्ट्रका भविष्य पहरेदार युवा – यूबतिहरुलाई कुनै समस्या हुनु हुँदैन ! नेपाल सरकारले कूटनीतिक तरिकाले हल गर्नुपर्छ ! कतारमा जसमा ४ लाख लगभग नेपाली कामदार छन् ।कतारमा रहने सम्पूर्ण नेपालीको आवाजलाई मेरो समर्थन छ!

युवा शक्ति राष्ट्रका भविष्य हुन् साथै पहरेदार अनि खम्वा हुन् । आजका युवाले नै भोलि यो देश हाँक्ने हुन् । युवाहरूले देश हाँक्ने र युवा भविष्यको खम्वा हुन् भन्ने कुरामा कसैको विमति छैन!

नेपालबाट प्रत्येक दिन एक हजार देखि पन्ध्रसयसम्म युवा जनशक्ति कामको खोजीमा कतार , मलेसिया, खाडी मुलुक लगायतका देशहरूमा जाने गर्छन् !
खुला सिमाना पार गरी कति नेपाली युवा, युवती कामको खोजीमा दक्षिणी छिमेकी भारत गइरहेका छन् भन्ने त कुनै लेखाजोखा नै छैन।
राजनीतिक अस्थिरता, भएका उद्योगधन्दा पनि राम्रो सँग नचल्नु, बन्द हडताल तथा विद्युतको अभावजस्ता कारणले पनि रोजगारी सिर्जना हुन नसकेको ठानिन्छ”

नेपाली युवाहरूको अर्को मुख्य समस्या भनेको बेरोजगारी समस्या हो ! लाखौँ युवाहरू स्वदेशमा रोजगारी नपाएर रोजगारीको लागि विदेशिन विवश भएका छन् । अझै लाखौँ युवा काम नपाएर भौतारिएर बसेका छन् ।

आफ्नो सिरानीमा उच्च शिक्षा अध्ययनको प्रमाणपत्र राखेर बस्न विवश छन् ! हजारौँ उर्जाशिल ,गतिशील ,श्रमशिल युवाहरू विना काम बस्न विवश छन् । उनीहरूले राज्यमा कुनै काम पाउन सकेका छैनन् । देशको सरकार तथा राजनीतिक दल कसैले पनि युवाहरूलाई रोजगारी दिने मामिलामा अग्रसरता देखाएका छैनन् ।नत् चिन्ता छ!

राजनीतिक पार्टी देशमा बेरोजगार समस्या बढाएर बेरोजगार युवाहरूलाई आफ्नो पार्टी प्रवेश गर्राई देशमा अस्थिरता उत्पन्न गर्न लागेका छन् । राजनीतिको नाममा हुने विभिन्न उच्छृङखल गतिविधिमा निर्दोष युवाहरूलाई प्रयोग गरिरहेका छन् ।

नेपाली युवाहरू एक अर्काको विरुद्वमा लड्न विवश भएका छन् । देश यसरी अस्थिर हुनुको प्रमुख कारण बेरोजगार नै हो! यदि राज्यका सबै नागरिक आ आफ्नो काममा व्यस्त हुने हो भने राजनीतिक पार्टीले नेपाली युवालाई राजनीतिक रूपमा प्रयोग गर्न सक्दैनन् । अत नेपाली युवाहरूको अर्को प्रमुख समस्या भनेको बढ्दो बेरोजगार समस्या नै हो ।

साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स, इजिप्ट र यमनले कतारसँग कुटनीतिक सम्बन्ध विच्छेद गरेको सोमबार बिहान घोषणा गरेका छन् । कतारले आंतकवादलाई प्रोत्साहन दिएको आरोप लगाउँदै यी देशहरूले कतारसँग सम्बन्ध विच्छेद गरेको घोषणा गरेका हुन् । युएईले कतारी कुटनीतिकलाई ४८ घण्टाभित्र आफ्नो देश छोड्न अनुरोध गरेको छ ।

खाडी मुलुकहरूमा ‘थ्री डी’ (डर्टी, डिफिकल्ट एण्ड डेन्जरस) अर्थात् फोहोर, कठिन र खतरनाक भनिने कामहरुमा हजारौँ युवाहरू संलग्न रहेका छन्।

साउदीले स्थल सीमा पनि बन्द गरेपछि निर्माण क्षेत्र, खाद्यान्य लगायत क्षेत्रमा असर गर्छ! ‘कतारले प्रमुख खाद्यान्य भने भारत, पाकिस्तान र बङ्गलादेशबाट आपूर्ति गर्ने गरेको अवस्था छ !
नेपालको श्रम बजारमा बर्सेनि कामको खोजीमा आउने अनुमानित पाँच लाख युवामध्ये झन्डै चार लाख विदेश जाने भएकाले पनि देशभित्रै रोजगारी सिर्जना गर्न सरकार तथा राजनीतिक नेतृत्वमाथि खासै दबाब हुँदैन या सुन्न समेत चाहादैन!
युवाहरू सबैभन्दा बढी बेरोजगार समस्याबाट पीडित भएका छन् ।उनीहरूलाई रोजगारी मात्र दिने हो! भने उनीहरूको आधाभन्दा बढी समस्याको समाधान हुन्छ । यसको लागि सरकारले देशका विभिन्न ठाउँमा रोजगारीको कार्यहरू सञ्चालन गर्न पर्दछ । उद्योग धन्दा तथा कलकारखानाहरु खोल्न पर्दछ ।

बेरोजगारी समस्या हटाउन नेपालमा विभिन्न परियोजनाहरू सञ्चालन गर्नु पर्दछ! उमेर पुगेका ,कार्य गर्न असक्षम पुराना कर्मचारीहरूलाई अनिवार्य अवकाश दिलाएर क्षमतावान प्रतिभावान युवाहरूलाई रिक्त ठाउँमा भर्ना गर्नुपर्दछ !

विकासका विभिन्न कार्यक्रम सञ्चालन गरी युवाहरूलाई रोजगारी दिन सकिन्छ ।नेपालका क्षमतावान र व्यवहारिक सीप भएका विभिन्न युवाहरूलाई विभिन्न देशमा कार्य गर्न पठाउन समेत सकिन्छ ।
कतारमा ४लाख सबै मजदुर हुन ! ती नेपाली मध्ये झन्डै ६० प्रतिशत कामदार निर्माणधिन कम्पनीमा काम गर्छन् !

लेखक :आरबी खड्का भारत