कतारमा शुभ-दिपावली तथा देउसी भैलो कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कतारमा शुभ-दिपावली तथा देउसी भैलो कार्यक्रम सम्पन्न



कुमार अविरल पन्थी, कतार ।

हिन्दु धर्मावलम्बीहरुको दोश्रो महान चाड शुभ दिपावलीको पावन अवसरमा गुल्मी सेवा समाज कतारले हरेक वर्ष मनाउदै आएको देउसी भैलो कार्यक्रम यसवर्ष पनि शुक्रवारका दिन कतारको मुन्ताजा स्थित केरला कल्चर सेन्टरको सभाहलमा भव्यताका साथ सम्पन्न भएको छ । जिल्लामा रहेका पिडितहरुको सहयोगार्थ आयोजित कार्यक्रममा सस्थाका अध्यक्ष बुद्ध पाण्डे सभापति तथा नेपाली राजदुतावास कतारका श्रम सहचारी नरेन्द्र ज्ञवाली प्रमुख अतिथि रहनु भएको थियो ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष नविन पोख्रेल, नेपाली जनसम्पर्क समिति कतारका महामन्त्री मो.अजिज अलि, नेपाल मगर संघ साखा कतारका महासचिव विजय मगर, नेपाल पत्रकार महासंघ कतार साखाका सकृय सदस्य महेन्द्र पोख्रेल, नेपाली महिला समाज कतारका अध्यक्ष अमिना खान, बसन्त फिल्मस्ने प्रालिका महासचिव मोहन शाह, नेपालबाट आउनुभएका अतिथि कलाकार प्रसाद खप्तरी मगर, गुल्मी सेवा समाजका प्रमुख सल्लाहकार शिव खड्का, समाजका पुर्व महिला संयोजक मिना खड्का, समाजका सल्लाहकार विजय बस्नेत, भिम तरामु, बिष्णु गौतम, लगायत बिशेष अतिथि रहनु भएको थियो ।
तेस्तै कर्यक्रममा अर्घाखाँची सेवा समाजका सचिवालय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, पाल्पाली सेवा समाजका अध्यक्ष ईश्वर काफ्ले, बाग्लुंग सेवा समाजका उपाध्यक्ष सागर पौडेल, मोरङ्ग सुनसरी सेवा समाज कतारका सचिव दिलिप पराजुली, कास्की आदर्श सेवा समाजका अध्यक्ष मन प्रसाद राना, दाङ देउखुरी सेवा समाजका अध्यक्ष बसन्तराज पुरी, लमजुङसेवा समाजका महासचिव सीताराम थापा, प्युठान सेवा समाजका अध्यक्ष मान ब. केसी, काभ्रे पलान्चोक सेवा समाज कतारका अध्यक्ष नन्द प्रसाद ढुंगाना, बुद्धभूमि कपिलवस्तु सेवा समाजका अध्यक्ष केशव खानाल, समाज सेवा अभियान रुपन्देहीका सल्लाहकार दिल भट्टराई, बाके प्रवासी सेवा समाजका उपाध्यक्ष युवराज कँडेल, दलित एकता संजाल कतारका कोषाध्यक्ष किरण परियार, त्यसैगरी युवा समाजसेवी श्याम डी.सी., समाज सेवी तथा व्यावसायी क्रान्ति सिंह, समाज सेवी तथा व्यवसायी, साझा नेटवर्क डटकमका पत्रकार टेकराज थापा लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु अतिथि रहनु भएको थियो ।
कार्यक्रममा कतारबासी गुल्मेली एवम गैर गुल्मेलीहरुको उपस्थिति रहेको थियो । आफ्नो अमुल्य समय खर्चेर आउनु भएका देउसी भैलो प्रेमी नेपालीहरुले सो कार्यक्रमको सभाहल खचाखच भरिएको थियो । विधिवत रुपमा उद्घाटन गरिएको कार्यक्रममा सस्थाका भिम तरामुले स्वागत मन्तव्य प्रस्तुत गर्दै उपस्थित सम्पूर्णलाई स्वागत गर्नु भएको थियो । त्यसैगरी गुल्मेली कलाकारहरु बिष्णु खत्री, अजित अविरल, अनिल बिसी, लोकनाथ बिसी लगायतले स्वागत गित प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमको मुख्य आकर्षण रहेको देउसी भैलो कार्यक्रममा कार्यक्रम संयोजक सुरज बि सी, सह-संयोजक देव लम्साल, बिष्णु खत्री, कृष्ण बिक, अनिल बि सि, दुर्गा सनम, इश्वर भण्डारी, लोकनाथ बिसि, खिम सुनाम, भरत भण्डारी, पाण्डुराम सुनार, दर्शन सुनार , कृष्ण बिसि, अजित अबिरल लगायतका कलाकारहरुले प्रस्तुत गरेका थिए । साथै उक्त देउसी भैलो कार्यक्रमलाइ गैर गुल्मेली कलाकारहरुले साथ दिदै नाचगान गरि रमाइलो गरेका थिए । सोही अवसरमा गुल्मी जिल्ला लगायत पश्चिमी छिमेकी जिल्लाहरुमा नाचिने मारुनी तथा सोरठी नाच समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेपालबाट आउनुभएका गुल्मेली गायक प्रसाद खप्तरी मगरले देउसीभैलो, सोरठी, सालैजो, पन्चेबाजा लगायतका आधा दर्जनभन्दा बढि गीतहरु गाएर उपस्थिति सबैलाई नचाएका थिए । सोहि अवसरमा नेपाल मगर संघ शाखा कतारका कलाकारहरुले मगर समुदायमा नाचिने मारुनी नाच प्रस्तुत गरेर उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए । तेस्तै गायक लोकनाथ बिसी, इश्वर भण्डारी लगायतले गित प्रस्तुत गरे । तेस्तै हास्यकलाकार अनिल बिसीले हास्यव्यंग्य प्रस्तुत गरेर सबैलाई हसाएका थिए ।

सोहि अवसरमा गुल्मी जिल्ला साविकको पौदिअमराई ८ मुसिकोट नगरपालिका वडा नम्बर १ निवासी मृगौला तथा मुटुरोगी जङ्ग ब परियारलाइ कतारमा रहेका स्थानीय युवा तथा गुल्मी सेवा समाजका अध्यक्ष बुद्ध पाण्डेको सकृयता सङ्कलित रकम २,३०० कतारी रीयाल निज पीडितका दाजु जित बहादुर परियारलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नरेन्द्र ज्ञवाली, नविन पोख्रेल, मो.अजिज अलि, लिला जिसी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । आफ्नो शुभकामना मन्तव्य संगै सस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति बुद्ध पाण्डेले बोल्दै कार्यक्रम सभ्य एवम भव्यताका साथ सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद दिनु भएको थियो ।

जिल्लामा रहेका पिडितहरुको सहयोगार्थ आयोजित कार्यक्रम शूभ दिपावली तथा देउसीभैलोबाट सङ्कलन भएको रकमलाई भावी दिनमा पिडितहरुलाई पठाउने जानकारी गराउदै आगामी दिनमा सस्थाले आयोजाना गर्ने कार्यक्रमलाई अझ शशक्त मर्यादित र सभ्य किसिमले आयोजना गर्ने प्रतिवद्धता व्यक्त गर्दै कार्यक्रमकको समापन गर्नु भएको थियो । कार्यक्रम संस्थाका उपाध्यक्ष कुमार “अविरल” र सास्कृतिक कार्यक्रम दिपेन्द्र सुनारले संचालन गर्नु भएको थियो ।