रअ’, को संरक्षणमा ब्वाँसा जस्तो देशलाई भौडीमा हाल्ने मध्येका बाबुराम भट्टराई एक हुन् ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

रअ’, को संरक्षणमा ब्वाँसा जस्तो देशलाई भौडीमा हाल्ने मध्येका बाबुराम भट्टराई एक हुन् !



-दीर्घराज प्रसाईं

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक भत्काउने, संस्कृत विश्वविद्यालय जलाउने, गाई काटेर खाने, नेपालको अस्मिता, पहिचान र राष्ट्रिय एकताका आधार स्तम्भ भत्काउनेहरूले योजनावद्धरूपमा विश्वको एकमात्र हिन्दु अधिराज्य, नेपालको सार्वभौमसत्ताको मेरूदण्डको रूपमा स्थापित राजसंस्था विस्थापित गरेर जबरजस्त धर्मनिरपेक्ष, गणतन्त्र र संघीयतालाई संविधानमा घोषणा गरे । बाबुराम भट्टराई लगायत पार्टीभित्रका देशद्रोही नेताहरूले देशको अस्तित्व माथि खेलवाडगर्दै नेपालको भविष्य अन्धकार बनाएका छन् । देशलाई भौडीमा हाल्नखोज्ने मध्येका बाबुराम भट्टराई एक हुन् ।

उनले देशलाई युद्धको भूमरीमा पारेर अहिले माओवादी पार्टी र सांसद समेत त्यागेर तराईमा भारतीय पिठ्ठु भंष्ट मधेसीहरूलाई उचाल्न जनकपुर पुगे । बाबुराम क्याथोलीक-इसाई भएको बुझेर जानकी धामका कट्टर हिन्दुवादी मिथिलावासीले बाबुरामलाई लखेटे र उनलाई ज्यान जोगाउन हम्मे हम्मे भयो । अत्याचारको पराकाष्ठा नाघेपछि धुरीबाट पाप कराउँछ भन्ने कुरा बाबुराम भट्टराई बिरूद्धको हिन्दुवादीहरूको आक्रोसबाट थाहा हुन्छ । पार्टी छोडेपछि बाबुराम भौताएर मोहन वैद्यलाई भेट्न गए । १२ बुँदे सहमति अघि उनी आफैले वैद्यलाई भारतीय जेलमा हाल्न सिफारिस गरेका थिए । खुस्केर उनैलाई भेट्न पुगे । बाबुराम भट्टराईले भारतीय सैतान एसडीमुनीको निर्देशन र भारतीय गुप्तचर संस्था ‘रअ’, को संरक्षणमा उनले ब्वाँसाको जस्तो चाल लिएर माओवादी प्रचण्ड, कांग्रेसका गिरिजाप्रसाद, एमालेका माधव नेपाल लगायत धेरै मैहुँ भन्ने आडम्वरी नेताहरूलाई समेत फसाए र अहिले आफू अलग्गिए । बाबुरामलाई माओवादी पार्टी छोडाउन भारतीय राजदूत रन्जित रायको दबाब हुनसक्छ किनकि २०६२ साल मंसिर ७ गते १२ बुँदे सहमतिमा सक्रिय भूमिका खेल्ने अहिलेका नेपालका राजदूत रन्जित राय र बाबुराम समेतको ठूलो भूमिका थियो ।

दिल्लीको १२ बुँदे सहमतिको धेय नेपाल टुक्रयाएर भारतमा गाभ्ने षडयन्त्रको खेल थियो । देशलाई यसरी यो विकराल अवस्थामा ल्याउनमा एक नम्बरको लेण्डुपको रूपमा काम गर्ने कांग्रेसका गिरिजा प्रसाद कोइराला थिए । गिरिजा मरेर गए । गिरिजा र माधव नेपाल भारतीय गुप्तचरको पञ्जामा फसेपछि गद्दार कृष्ण सिटौला बाबुराम भट्टराई यी दुबै ‘रअ’का बफादार सेवक भएकाले यिनीहरूले जे जे भन्छन् त्यही त्यही लागु भयो । यिनीहरू सँगसँघै मिलेर सक्रिय भए । यी दुई एक भएपछि सुबास नेम्वाड पनि राष्ट्रघातमा सम्मिलित भए । यिनीहरू धर्मनिरपेक्ष, गणतन्त्र कायम गर्न २०६३ सालपछि नैं लागेका थिए । बाबुराम भट्टराई, कृष्ण सिटौला, सुबास नेम्वाड लगायत नेपालको अधोगति गराउने गद्दारहरू आफू पनि फसे, देशलाई पनि फसाए ।

यिनीहरूले जसरी देश र नेपाली जनतालाई भौडीमा हाल्न खोजे त्यसरी नैं यिनीहरूलाई नेपाली जनताले थुक्नेछन्, कठघरामा उभ्याउने छन् । भारतमा अंगे्रजहरूको दवदवा बढ्न लागेपछि हिमवतखण्डको पनि मूल्य, मान्यता र पहिचान समाप्त गरिन लागेको अवस्थामा यसक्षेत्रमा एउटा सपुत पृथ्वीनारायण शाहको जन्म हुन गएको हो । वि.सं. १८०० मा बनारसको भ्रमण गरेर हातहतियार बनाउने कारखानाको निरीक्षण गरी हातहतियार बनाउने र मर्मत गर्ने मुसलमान कालीगढ, योद्धा र केही हातहतियार समेत ल्याएर अस्रसस्त्र सुसन्जित गरेर राष्ट्रिय एकीकरण गरेका थिए ।

नेपालको एकीकरण जसरी भयो त्यसरी नैं राष्ट्रनिर्माताको सन्देश– ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन सबै जातको फूलबारी हो, सबैलाई चेतना भया’ भन्ने कुरालाई हामी नेपालीहरूले मध्यनजर राखी नेपालको सार्वभौमसत्ता, एकता र पहिचानलाई युगयुगान्तरसम्म सुदृढ राख्न विश्वको एक मात्र हिन्दु अधिराज्य र शाहवंशीय राजसंस्थाको संरक्षणमा एकतावद्ध भएर ‘सार्वभौम–नेपाल’ बचाउनमा हामी सबै एक हौंं ।