राजा ज्ञानेन्द्र एक कवि ह्रदयका देशभक्त हुन् !कांग्रेस, एमाले, माओवादीले निरंकुश बनाएर राजालाई वदनाम गरेर निलम्वन गरे ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

राजा ज्ञानेन्द्र एक कवि ह्रदयका देशभक्त हुन् !कांग्रेस, एमाले, माओवादीले निरंकुश बनाएर राजालाई वदनाम गरेर निलम्वन गरे !



–दीर्घराज प्रसाई

२०५८ सालको दरबार हत्याकाण्डपछि राजा ज्ञानेन्द्र राजसिंहासनमा आसिन भए । त्योबेला नेपाली कांग्रेस वहुमतमा थियो । शेरबहादुर देउवा प्रधानमंत्री थिए । त्योबेला प्रधानमंत्री शेरबहादुरले सीआएको निर्देशनमा वा आन्तरिक झगडा वा के कारणले हो कांग्रेस वहुमतमा रहँदा रहँदैको अवस्थामा दरबार हतकाण्डको वियोगमा विह्वल भरखरै राजसिंहसानमा बसेका राजा ज्ञानेन्द्रमा ‘मध्यवाधि निर्वाचनको घाषणा गर्दै प्रतिनिधिसभा विगटन गर्न राजा समक्ष सिरफारिस चढाए ।

संसद विगटन भएको केही दिनपछि फेरि निर्वाचन गर्न नसक्ने भन्दै २०४७ सालको संविधानको १२७ धारा अनुसार नेपालको कार्यकारिणी अधिकार राजालाई हस्तान्तरण गरे । राजान ज्ञानेन्द्रले मंत्रिपरिषदको सिफरिस अनुसार संविधानको धारा १२७, २७ र १३५ (१) अनुसार शासनभार ग्रहण गरे । तर त्यसपछि उनीहरुबाटै आफै राजालाई निरंकुश भन्दै विवादग्रस्त गराउने काम प्रारम्भ गरे । वास्तवमा राजसिंहासनमा बसेका राजाको स्वभाव सुरक्षाको कारणले गर्दा जर्सी गाई जस्तो हुन्छ ।

अरु गाईहरु भीरपाखा चर्छन्, अघाउँछन्, तर जर्सी गाई भीरपाखामा चर्न जान सक्तैन । गोठालालले जर्सी गाईलाई जस्तो घाँस खान दिन्छन् त्यही खान्छ । जर्सी गाईलाई सिउँडीको घाँस खान दिएपछि थुनबाट रगत आउँछ । त्यस्तै भयो राजसिंहासनमा बसेपछि राजा ज्ञानेन्द्रलाई पार्टीका नेताहरुले जर्सी गाईलाई गोठालाले सिउँडीको घास खान दिएझैं पार्टीका नेताहरु र राजाका बरिपरिका चाप्लुसहरुले पनि गलत सल्लाह दिएर उकासेका हुँनाले राजा ज्ञानेन्द्रलाई विवादमा पार्न खोजिएको हो । वास्तवमा राजा ज्ञानेन्द्र एक कवि ह्रदयका देशभक्त हुन् । उनलाई राजसिंहासनमा बस्छु भन्ने थिएन, तर अपरझट्ट दुर्घटना घटेपछि राजा वीरेन्द्रको बंश नास भएपछि संविधान अनुसनर राजसिंहासनमा बस्नु उनको वाध्यता थियो । २०३६ सालमा राजा वीरेन्द्रलाई जनआन्दोलनको त्रास देखाएर नेपालको रक्षा र विदेश नीति आफ्नो कब्जामा पार्न भारत प्रयत्नील थियो, तर सकेन । राजा ज्ञानेन्द्रलाई पनि झुक्यााउन खोजिएको हो, तर झुकेनन् ।

यस्तोबेलामा राजाको सम्वेदनशीलता बुझन नसकेर शेरबहादुर देउवा, गिरिजाप्रसाद, माधव नेपालले राजालाई निरंकुश बनाएर वदनाम गर्न पयत्नशील भए । यो उनीहरुको ठूलो गल्ती हो । राजदरबारको के परम्परा छ भने नयाँ राजा सिंहासनमा बसेपछि पहिलाका राजा, अधिराजकुमार, अधिराकुमारीहरुको नाममा रहेको सम्पत्ति सबै नयाँ राजामा हस्तान्तरण हुन्छ । अधिराजकुमार हिमालय, अधिराजकुमारी प्रिन्सेफ शाह, स्वर्गवासी राजा वीरेन्द्रको सारा सम्पत्ति राजा ज्ञानेन्द्रको नाममा नामसारी भएकोमा नेताहरुले आरोप गरे–ब्यापारी राजाले सबैको सम्पत्ति हडपे । तर राजा ज्ञानेन्द्र ब्यापारी पनि होइनन् र लोभी पनि होइनन् ।

तर जस्ले जे भन्यो राजपरिबारको सम्पत्तिलाई स्वाहाः गर्न चाहेनन् । अतः अनर्थमा अनावश्यक कुरा उठाउन मिल्दैन । विदेशीहरुको सहारा र निर्देशनमा यसरी नेपालको यसरी अधोगति भएको हो । पछाडिबाट छुरी हान्नेहरुसँग कस्को के लाग्छ ? अव यसरी देश चल्दैन । अव नेपालको राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रको समन्वय र संतुलन गरेर देशभित्रका ब्याप्त भ्रष्टाचार निर्मल गर्ने र विदेशी हस्तक्षेपको बिरुद्ध सशक्त बन्नुपर्छ ।